पोखरा, जेठ ३ ।
कास्कीका एक व्यक्तिको शव जापानको जङ्गमा फेला परेको छ। कुक भिषामा सात बर्षअघि जापान पुगेका ढिकुरपोखरी–६ का ३८ बर्षीय बुद्धिबहादुर गुरुङको शव चिवा अञ्चलको नागारेया जङ्गल क्षेत्रमा भेटिएको हो। घटनास्थल टोकियोबाट ३० किलोमिटर टाढा पर्छ।
गुरुङ्ग ३ सातादेखि सम्पर्कविहीन अवस्थामा थिए। जङ्गलमा स्थानीयले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए। उनको शव कुहिएर चिन्न नसकिने अवस्थामा भेटिएको थियो। मृतकको हुलिया र पारिवारिक प्रमाणलगायतका आधारमा लामो अनुसन्धानपछि मात्रै चिवा प्रहरीले गुरुङ्गको शव भएको पुष्टि गरेको हो। उनको घाँटीमा गहिरो दाग देखिएपछि प्रहरीले डिएनए परिक्षण तथा शव परिक्षण गरेको थियो।
प्रहरीको रिपोर्ट अनुसार गुरुङ्गले आत्महत्या गरेका हुन्। उनको शव आफन्तलाई जिम्मा लगाईसकिएको छ। गुरुङ्गका दुई छोराछोरी र श्रीमती पोखरामै रहेका छन्।

SHARE