रामप्रसाद सिटौला
जेठ ७ ।
मेष
असहज परिस्थितिबाट उम्कन अपेक्षाभन्दा बढी मेहनत गर्नुका साथै समय पनि दिनुपर्नेछ । साथीहरूले समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन् । खानपान तथा मनोरञ्जनमा संयमित रहनु नै उपयुक्त हुन्छ । प्रेमी–प्रेमिकाको प्रस्ताव अविस्मरणीय हुनेछ । साताको अन्त्यतिर आर्थिक भार बढेर ऋणको चपेटामा पर्न सकिन्छ । स्वास्थ्यमा ध्यान पुर्‍याउनुहोला ।
वृष
परिणाममुखी कार्य सम्पन्न गरी आलोचना गर्नेहरूलाई आकर्षित गर्न सकियो भने व्यक्तित्वले नयाँ उचाइ प्राप्त गर्नेछ । प्रेमी–प्रेमिकाबाट उपहार प्राप्त हुँदा मन हर्षित हुनेछ । नीलो रंगको प्रयोगले नयाँ उर्जा प्रदान गर्नेछ । विगतमा भएका गल्ती सच्याउँदै अघि बढ्ने समय छ । यात्रामा गरिने अनावश्यक खर्चले मानसिक तनाव सिर्जना गर्न सक्छ ।
मिथुन
तत्काल लगानी गर्न समस्या भए पनि दिगो आम्दानी हुने अवसर हात लाग्ने सम्भावना छ । तपार्इंको उन्नति देखेर ईष्या गर्नेहरू छटपटाउनेछन् । प्रेममा दुविधा बढ्न सक्छ, हतारमा निर्णय नगर्नुहोला । भोजभतेर एवं मनोरञ्जनमा सहभागी हुँदा प्रतिष्ठा तथा समयलाई नबिर्सनुहोला । वातावरणीय हेरफेरले स्वास्थ्य प्रतिकूल हुन सक्छ ।
कर्कट
आफ्नो प्रभावशाली कार्यले उचित स्थान पाउनेछ । पारिवारिक वातावरणकै कारण स्वास्थ्य गडबड हुन सक्छ । सञ्चित धन गरगहना खरिदमा खर्च हुनेछ । साथीहरूसँग मनोरञ्जन तथा यात्रा गर्ने अवसर जुर्नेछ । सामाजिक क्षेत्रमा गरिएका कार्यबाट प्रतिष्ठा प्राप्त होला । सवारी साधन चलाउँदा सावधानी अपनाउनु आफ्नो हितमा हुनेछ ।
सिंह
समाजसेवा गर्ने अवसर प्राप्त हुनेछ । नयाँ अवसरले थप मेहनतको अपेक्षा गरेको छ । मन पराउनेहरू पछि लाग्न सक्छन् । लोभी एवं स्वार्थी साथीहरूका कारण मन खिन्न रहनेछ । धार्मिक कामले संयमित रहन प्रेरित गर्नेछ । अपजसको सामना गर्नुपर्ला । गुलाबी रंगको प्रयोगले समस्या पहिचान गर्न सहज हुनेछ ।
कन्या
गोपनीयता भंग भै धन आर्जनमा धक्का पर्न सक्छ । दिनहरू मनोरञ्जक भेटघाट तथा भ्रमणमा बित्नेछन् । लामो समय रोकिएका कामको गाँठो फुक्नेछ । आकस्मिक निमन्त्रणामा सहभागी हुँदा प्रेमी–प्रेमिकाले नयाँ चाहना व्यक्त गर्न सक्छन् । कुनै पनि काममा ढिलासुस्ती गर्नु आफ्नो हितमा हुँदैन । आफ्ना कमजोरीले नै आफूलाई दुस्ख दिनेछन् ।
तुला
काम सम्पन्न गर्ने सिलसिलामा विवाद भए पनि मेहनत खेर जाने छैन । प्रतिफल हात पार्न प्रशस्त प्रयत्न गर्नुपर्ला । प्रलोभन देखाउनेहरूसँग सचेत रहनुहोला । सेतो रंगको पहिरनले सोचेजस्तै नतिजा दिनेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । लगनशीलताले रोजगारीको मार्ग प्रशस्त गर्नेछ । मनोरञ्जक वातावरणमा रमाउन पाइनेछ ।
वृश्चिक
साथीहरूले तपार्इंको प्रतिभाको खुलेर समर्थन गर्नेछन् । मन मिल्ने हितैषीहरूको आलोचना स्वीकार गर्न सके उचाइमा पुगिनेछ । व्यक्तिगत खर्चमा भ्रमण हुनसक्छ । धार्मिक कार्यमा सहभागिता बढ्नेछ । परिश्रमले परिणाममुखी आनन्द प्रदान गर्नेछ । विदेश अध्ययनका क्रममा बजेटभन्दा बढी खर्च हुनसक्छ ।
धनु
तथ्य कुरा पत्ता लगाई विपरीत परिस्थितिको सामना गर्न सकिनेछ । आफ्नो प्रतिभाका कारण पुरस्कृत हुने योग छ । मन मिल्नेहरूको विश्वासमा परी काम गर्दा कतिपय काममा धोका हुन सक्छ । अपरिचितहरूमार्फत प्रेमप्रस्ताव राख्नेहरूसँग सचेत रहनुमै आफ्नो कल्याण छ । उथलपुथलपूर्ण पारिवारिक वातावरणबाट मुक्ति पाउन केही समय कुर्नुपर्नेछ ।
मकर
प्रेमी–प्रेमिकासँगको सम्बन्धले निराश बनाउन सक्छ । चियोचर्चा गर्नेहरूसँग सावधानी अपनाउनुहोला । मौसमी फेरबदलबाट आइलाग्ने पारिवारिक अस्वस्थतामा समय खर्चनुपर्ला । व्यवसायमा गरिएको लगानीले पिरोल्ने सम्भावना पनि छ । साताको अन्त्यमा रोजगारीको अवसर हात लाग्न सक्छ ।
कुम्भ
व्यवसायिक क्षेत्रमा सुधारको संकेत देखा पर्दैछ । धातुको कारोबारमा थप लगानी गर्दा मनग्यलाभ हुने देखिन्छ । व्यापारको सिलसिलामा विदेश भ्रमण हुनेछ । प्रयासहरू सफल हुँदै जानेछन् । पहेंला रंगका पहिरन तथा बोलीको प्रभावले रोकिएका काम सुचारु हुनेछन् ।
मीन
हठी भावना र विचारका कारण प्रेमी–प्रेमिकाबीच खटपट सिर्जना हुन सक्छ । व्यक्तिगत क्षमताबाट जवाफदेही कार्य सम्पन्न गरी नयाँ उचाइमा पुगिनेछ । सुखद पारिवारिक वातावरणलाई बाहिरी कुराले खलबल्याउन सक्छ । काममा ढिलाइ भए पनि सहीमार्ग पहिल्याउन सकिनेछ । इच्छा नहुँदा–नहुँदै बाध्यात्मक निमन्त्रणामा धन खर्चनुपर्नेछ ।

SHARE