लस एन्जलस, अमेरिका, १८, मे ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अनेसासको २०-२२,मे २०१६ मा हुन् लागेको च्याप्टरहरुको प्रथम अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलनको तयारी पुरा भएको छ ।
आयोजक अनेसास एल.ए च्याप्टरका अध्यक्ष शान्तिराम ढकालले अमेरिका र विदेशबाट समेत अतिथिहरु आउने क्रम जारी रहेको र आन्तरिकरुपमा तयारी समेत पुरा भएको जानकारी दिनुभयो ।
मे २० मा अतिथिहरुको रात्रिभोज भोजबाट शुरु हुने कार्यक्रमको मे २१ बिहान ९.०० बजे, तारा हिमालयन रेस्टुरेन्टमा औपचारिक उद्घाटन एवं विश्व काव्य गोष्ठी हुनेछ भने मे २२ बिहान १०.०० बजे,श्री पशुपतिनाथ फाउन्डेसन भवनमा बन्द शत्र र साँझ ७.३० बजे तारा हिमालयन रेस्टुरेन्टमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिन लागेको छ ।

SHARE