दुनियाँ सबैभन्दा ठुलो दमडिनै रहेछ । दमडी भएपछी जे – जे अरे पनि भरे टेलिभिजनाँ नाम आइहाल्छ । भोली गलाँ खादा पाइहाल्छ । आँफु त परें हजुर समाज सेवीको दाइ साधा । पहिला दुई नंबरी नगरि एक नंवरको बन्न सकिन्न । समाज सेवा अरे पनि राजनीति अरे पनि भरे पार्टिको नेता समाते पछी त पर्सी नेताजीको खाट्टी मान्छे । पहिला भुमिगतको आँटी नेता अहिले खाँट्टी समाजसेवि, राजनीतिज्ञ, दानी मानियाँ लगाइ दिन्छन,दोसल्ला फेता लु भईएन त चर्चित यता-उता । ‘ पैसा फेंको तमसा देखो ‘ हाम्रो समाजको नअनुर्स खेदो । पहिला मेरो भाई साँच्चैको कसाइ । उसको हिस्ट्री स्मग्लिङवाट शुरु भयो, अब ठुलो समाज सेवी वन्दैछ । मेरोभाइ अव म देश चलाउँछु भन्दैछ । हाम्रो देशाँ, देश भित्र र बाहिरको समाजाँ यो दुबै काम गर्नेको कमी भए पनि नभए पनि सुबिधा भए पछी त भइहाल्यो नि हैन र हजुर ? सुबिधा भए पछी दुबिधै भएन जब मनमा आयो समाज सेवा त्यसभित्र वाट दुई नंवरको मेवा आहा क्या मजा ! दुई नंवरि मानव तस्कर, यताको सामन उता उताको सामान यता कोकिन हिरोइन सेता, समाज सेवाको फेता विविधतामा एकता खारिएको नेता । फेरि जुन नेता हुन्छ उ सच्चरित्र नै हुन्छ । हाम्रो समाजाँ दुश्चरित्र नेता पाउनै सकिन्न । नराम्रो भए धाउनै हुन्न । मान्छे गुण्डा हुन सक्छ, तस्कर हुन सक्छ, फटाहा हुन सक्छ, भ्रस्टाचारी हुन सक्छ, कालो बजारी हुन सक्छ, हरिप हुन सक्छ तर नेताको फेता गुथे पछी शरीफ बन्छ र हुन्छ पनि । राजनीति त गोसाइँ गुण्ड-हो नि !– एक पटक डुबेपछि सारा पाप साफ । बाफ रे बाफ । समाज सेवी भाईले गाई जस्तै सिधा नेताजी बोलाइहाले । कार्यक्रम थियो ” टुहुरा संरक्षण वोर्डको” समुदघाटन गर्नु पर्ने । तर त्यहाँ दुई चार जना टुहुरा वाहेक आश्रम पुरै खाली नेताजीको वोल्ने पाली, सवैले वजाउनै पर्छ ताली,यता कुर्ची ख़ाली ।
नेताजीले बुझी हाले यसपाली आफ्नो भाषाणको ताली नपडकने भयो भन्ने छामीहाले नाड़ी । ताली नै नपडके भाषणाँ कसरी कडकिने ? उनको कुरोको चुरो बुझेर समाजसेवि भाईले केटा केटी र तिनका बुबाआमालाई भोजाँ निम्तो ताली पड्काउन छिटो आश्रमा घरा पारिदिए धुलोपीठो । नेताजीले पनि भरिभराऊ कार्यक्रमाँ आफ्नो आँखा गगल्स जेलहाल्या कपालाँ माथि सार्दै समाज सेवी भाईलाई तलझार्दै जोसाँ होस गुमाउदै सोधे “यी सबै टुहुराका त बाऊ आमानी छन त ?” भाईले भन्यो ” चिन्ता नअर्नुस मन्त्री ज्यु अब चाडै नै यी वालवालिका टुहुरा बनाइ दिउँला नी हुन्न र ? अर्को एउटा पार्टिको आन्दोलन घोषणा गरौलानी हा हा हा……. ” मन्त्री जि पनि सँगै हाँस्न थाले ” हा हा हा हो नी ” ” टुहुरा संरक्षण बोर्डको” कार्यक्रमाँ नेता जी पाल्नु भयो भाषण गर्न थाल्नु भयो त्यो भन्दा पहिला आँफ्नो टाइ खुकुल्याउँदै भन्नु भयो “यो साह्रै दु:खको कुरो हो !’हाम्रो देशाँ प्रायश: राम्रा राम्रा कामहरु सबै अधुरा र अपुरा मात्रै रहन्छन् । जुन कुरो हुनु छैन, जुन कुरो हुनु हुँदैन हाम्रो मुलुकाँ त्यही हुन्छ । मैले त सोचेको थिए हाम्रो पार्टियाँ सक्रिय नेता बिदेश बसेर पनि आफ्नो काम नछोडी कन पैसा उठाउने सप्ताहा व्यापी दौडाँ दौडेको देख्दा हामी धेरै धेरै खुशी छौं र हाम्रो पार्टी धेरै धेरै आभारी पनि छ । हाम्रो समाज सेवी कार्यक्रर्ताले विदेशाँ उठाएको ठूलो धन रासिको खवरले त यो आश्रम निकै ठूलो र भरिभराऊ हुन पर्ने हो तर यहाँ यसपाली कुर्ची टेवल खाली देखेर मलाई भने चिन्ता लाग्यो । अब यो आश्रम भरिन्छ हामी त्यसको व्यवस्था चाँडैनै गर्छौ । त्यसको लागि हाम्रो पार्टिले देशमा अर्को एउटा युध्द छेडनु पर्ला धन्दा नमान्नोस भन्दा फरक नपर्ला,जे त पर्ला पर्ला , परेको टर्ला ।
मलाई लाग्थ्यो हाम्रो मुलुक एकल महिला र टुहाराँ ववुरा छैनन् आत्म निर्भर छन् । तर आज मैले देखें र पीर लाग्यो,यसको लागि अर्को युध्द घोषणाको सुचना चांडो छेडनु पर्ला जस्तो लाग्यो । साथी हो ! त्यसरी नै विदेशाँ चाँडो भन्दा चाँडो पैसा उठाउनुस, अनी स्वदेशाँ घर आश्रम वनाए पछि स्वतह देश विकास भएन ? साँच्चै भन्ने हो भने यसरी टुहुराको कमी होला भन्ने मलाई थाहै भएन यो महान कार्यको उदघाटनले उध्दारै गराएर म हरिलट्ठक मन्त्रीलाई ठूलो गुन लगाउनु भयो । गुनको भाउ नुनको सोझो अरेर तिरौंला भोली देखी पुरै देश टुहुरामय गरेरै हिँडौला हुन्नत ? हुन त हाम्रो मुलुकाँ अनिकाल, अकाल, गरीबी, भोकमरी, नक्कली औषधी, जङली च्याउ, भुकम्पक,जाती-पाती धर्म-शर्म पार्टी-साटी , टुहुरो र एकल महिला बाढी र पहिरोको जती भाषण गर्यो त्यती त्यति कुरो गहिरो सबैले टरर त ताली मारे मन्त्री जीले गगल्स आँखाँ झारे । मैले भाईलाई सोधें “बाबु तिमी दुई नंवरि बाट एक नंवरि कसरी भयौ, स्मगलरबाट समाज सेबिमाँ कसरी ट्रान्सफर भयौ । त्यसपछी पार्टी नेता लाइनाँ झवाम्म हाम फाल्यौ ? यो अकुत सम्पत्ति कसरि क्वाम्म ह्वाम् पार्यौ ? तिमीलाई त तिम्रो पार्टीले भूमिगत थियो भन्दा रहेछन नी ? ” उसले कुटिल मुस्कानका साथ मेरो कानाँ फूस्फूसायो । “दाइ यो सबको श्रेय दमडि हो !
यहाँ पैसाको कमाल, स्मगलिङ खुल्ला जंगल र समुन्द्रको धमाल समाज सेवा खुल्ला देशको समाज ! समाज सेवा मैदानले कालो धनलाई सेतो बनाएपछी त्यो सेतो धनले आँफ्नो टाउकाँ लगाइ दिन्छ फेतो त्यस पछी भइएन नेतो हा हा हा —” मेरो भाईले एकहलको मेलो हाँस्तै नढाँटी वास्यो । “हाम्रो मुलुकाँ समाज सेवा राजनीति जसलाई जतिवेला लहड चल्छ त्यतिवेला गर्न सक्छन वग्रेल्ति । त्यहाँ न त कुनै आचार संहिता छ न त कुनै सोध खोज, बस् नोट भए भयो । जसको दल, उसको वल , छल गर्न सके भइन्छ अटल । साम – दाम – दण्ड, भेद जस्ले सक्छ जनता खेद । समाज सेवी, स्मगलर र राजनीतिमा छैन भेद ! समाज सेवी जिन्दावाद ! दाइ भन्नुस ,जिन्दावाद !! जिन्दावाद !!! ” मैले पनि भने “जिन्दावाद ! जिन्दावाद !! “
SHARE