कमला राना
गोरखा, हाल : काठमान्डौं ।
पन्चोपचारमा जसरी आगोको नै (बत्ती)अस्तित्व रहेको हुन्छ,
महादेवको त्रिनेत्रमा जसरी आगोको नै बर्चस्व जमेको हुन्छ ।
अठारौं पुराणमा जसरी कान्छो पूराण अग्निपुराणको नै महत्त्व रहेको हुन्छ त्यस्तै यो सर्बोत्कृस्ट कृति “आगो” उपन्यासमा मैले आगोको पुरातात्विक, शाब्दिक, सांकेतिक, साहित्यिक अनि दार्शनिक पाचै अर्थबाट निकै नै गहकिलो र ओजस्वीपुर्ण स्थान र महत्त्वभाव व्यक्त गरिएको पाँए। समाजमा गाजिएर रहेको छुवाछूत प्रथा, जातीय भेदभाव,शक्तिसिन र सत्तासिन भनौदाहरुले निम्न-मध्यम वर्गीयहरुलाई गरेको शोषण, अनि कानुन र प्रशासन समेतलाई धनी-धनाढयहरुले पेवा बनाएको तितो यथार्थलाई समेटिएकोले पनि यस्तो लाग्छ “आगो ” उपन्यास भित्र प्रयोग गरिएको सहित्यिक शब्द्हरुको ज्वालाले हामी सबैजना जो विकसित समाज, गुणस्तरीय शिक्षा, अनमोल साहित्यरस, उल्लेखनीय दर्शन र तितो यथार्थता जस्तो पन्चभिटामिन चाख्न नपाई कठाङरियर बसेकाहरुलाई राफिलो बनाउने काम अनि न्यानो माया दिइरहनेछ अनन्तकालसम्म। यो उपन्यास जति पढ्यो उति नै पढ्न मन लाग्छ किन भने यसमा प्रगतिशील सामाजिक यथार्थबादि उपन्यासकार लक्ष्मण सिटौलाज्यूले कवितात्मक शैलीमा सृजना गर्नुभएको जेलमा बन्दी बनाइएकी पीडित दलित नारी पात्रको प्रेम अदृश्यपात्र पुर्बबन्दी कविको कवित्वपन अनि भाबनामा बसेको हुन्छ जहाँ लेखिएको छ:
“आगो जो हिजो प्रमिथसले स्वर्गबाट चोरेर ल्याएर मान्छेलाई दिए ।
aago
आगोबाट मान्छेले खाना पकाउने काम मात्रै गरेन मान्छेले आगोबाट अरुलाई बाल्ने काम पनि गर्‍यो
रिस आगो हो ,दम्भ आगो हो
घमण्ड आगो हो
दम्भ ले बालेको छ करुण धर्ती
हुने खानेहरुले आगो मेरो मात्र भने ठुला जातहरुले आगो उनकै पेवा सम्झे (त्यसैले त हामीले छोएको भाडामा आगोले झ्वाइ पारी चोख्याउने चलन)
हाम्रो कोमल मुटुलाई बाले
खरानीको धुलो झै महत्वहिन भयो हामी गरिबहरुको संसार ……”।
त्यतिमात्रै होईन एउटी अथाह प्रेमको भण्डार बोकेकि प्रेमिकाले आफ्ना प्रेमीको यादमा कोरिएको कविता :
“प्यासलाई पिइदिए आज मैले पानीको साटो
ओठबाट तप तपि चुहि रहेछ तिम्रो माया शायद त्यो ओठ भन्दा मिठो अर्को कुनै अमृत भेट्न् सक्दिन मैले ।”यी शब्दहरु पढ्न पाउदा जो कसै बिछोडिएर बिच्छिप्त बनेका कोमल मुटु भएका प्रेमी प्रेमिकाको आशु रोकिने छैनन् ।
एकापटटि माया प्रेम नै शक्तिशाली हतियार हो जिबन जिउनको लागी भनी देखाएको छ भने अर्कोतिर आफ्नो बाबा भन्दा परपुरुषसंग आफ्नी आमाले गरेको बेमौसमी अन्धो प्रेमको कारण आफ्नो बाबाले संसार त्यागेको कुरा सानी बालिकाको बालमनोबिज्ञानमा परेको असर अझ पठनिय रहेको छ। किनभने आजको समाजको समसामयिक समस्यामाथी सचेत रहन सर्जकले घामको पहिलो झुल्कोरुपि लालीमय शिक्षा छर्न सफल हुनुभएकोछ। हाम्रो समाजमा कैयन युवा युवतीहरु रोजि रोटी को लागि बिदेश पलायन हुनुपरेको बाध्यता एकातिर छ भने अर्कोतिर देशमा रहेको उसको परिवार अनि बालबच्चालाई परेको मनोबैज्ञानिक असर ले कहि कतै बालबालिकाहरुमा नैतिक, शैक्षिक ,सामाजिक चेतनाको सटटा रीस राग बदलाभाब अनि क्रूर आगोको ज्वालाले हामीले कल्पना गरेको आदर्श समाजको बिकास नै नभै डडेलो लाग्ने त होईन ? भनेर उपन्यासकार सिटौलाले सरस्वती पात्रको भुमिका मार्फत जनाउ घण्टी स्वरुप शिक्षा दिन खोज्नु भएकोलेपनि अझै सुनमा सुगन्ध थपिएकोछ ।
हाम्रा नेतागणज्युहरुको गणतन्त्र नेपाल, गणतन्त्रबादी भासण अनि छेउ न टुप्पोको अव्यवस्थित शासन काठमाडौंको सांसदभबनमा र सिहदरबारमात्र चुडेको चङ्गा झै बिना ठेगान घुमिरहेकोछ भने अझै हाम्रो विकट क्षेत्रहरूमा “सबै जात बराबरी, नगर व्यबहार मनपरी ।” भन्ने जनआकांक्षालाई अग्रता दिन सकिरहेका छैनौं छुवाछूत जस्तो जातीयभेदभाब यथावत नै रहेकोले उपन्यासकारले उपन्यासको मुख्य कथा पुरानो मुलुकी ऐन अन्तर्गत प्रस्तुत गर्नुभएपनि गणतन्त्रको परिभाषा र छुवाछूतको अन्त्य भएको हेर्न चाहनुहुने मनहरु दुर्गम क्षेत्रमा, गाउँ गाउँमा गयेर दलितमाथी को हेपाहा प्रवृत्ति छुवाछूतको अन्त्य गर्नुपर्ने कुरा र राजनैतिक शक्ति ,पैसाको शक्तिमा कानूनी मसला को स्वाद चाख्नेहरुलाई कडा रुपमा झापड हान्नु भएकोले यो साहित्यिक मिठास अनि उतिकै ज्ञानबर्धक रहेको छ ।
यो उपन्यास सृजना गर्नु भै नेपाली समाज प्रगतिशील बाटो तिर लम्केको हेर्न चाहनुहुने आदरणीय सर्जकप्रति हार्दिक आभार टक्रयाउदै आगो उपन्यासको पुस्तक बिमोचन नहुदै पुस्तकको पहिलो जन्ममै स्पर्श गर्नु दिनुभएकोमा मुरी-मुरी कृतज्ञता व्यक्त गर्दै अन्याय विरुद्ध बलेको यो आगोले मुर्तरुप लिन सकुन् भन्ने शुभकामना दिन चाहन्छु ।

SHARE