कमला राना
बिरेन्चोक गोर्खा ।
हाल : काठमान्डौं ।
“किनारमा उभिएर पानी हेर्दैमा तिमि समुन्द्र पार गर्न सक्दैनौ।” बङाली साहित्यकार रबिन्द्र्नाथ टगोरको भनाइ एका- एक भित्तामा मेरो मामुले बाक्लो पेपरमा लेखेर टास्नुभएको ठुलो अक्षरहरुले सोचमग्न बनी यसो झ्यालबाट नियालेर आकाशतिर हेरे।त्यो आकाशमापनि मेरो मामु धर्तीमा हुनुहुदा जस्तै सबैको प्यारो बन्नुभएकोरहेछ।झुप्प गुजुमुजु बनेर त्यो तारापुन्जमा एक चम्किलो तारा बनेर मुस्कुराउनुभएको मैले चिनिहाले। दुई महिना अघि मात्रै मलाई भेट्न आउनुहुँदा तपाईंको सुकोमल हातले लेखेर टास्नु भएको त्यो पोस्टरको अक्षर हरुमा हजुरको आत्मा अनि त्यो माथी आकाशमा मुस्कुराइ रहेको हजुरको शरीर संगसंगै जोडेर मज्जाले धोको पुर्याएर हेरिरहेको छु।आज मलाई तपाईसंग आफ्नो दु:ख सुख साटन मनलाग्यो किन थाहा छ मामु आज मैले बक्तृत्वकला प्रतियोगितामा प्रथम भइ मेडल र कापी ल्याएको छु यतिबेला तपाई संगै हुनुभएको भए कति रमाउनुहुन्थ्यो ।मलाई त्यो स्वर्गीय काखमा राखेर मेरो निधारमा त्यो मेरो लागि सबैभन्दा मिठो अमृतमय ओठले चुप्पा खानुहुन्थो ।आज स्कुलमा सबैजनाले ताली स्याबासी र वाह -वाह गरे ।गुरुमाले बोलाउनुभएर हात मिलाउनुभयो थाहा छ मामु ?
मलाई त्यतिबेला हजुरको खुब याद गरेको थिए किनभने आज सम्म हजुरले छाडेर जानू भएपछि मलाई कोहि नारीहातले छुनुभएको थिएन जब गुरुमाले अन्कमाल गर्दै बधाई दिनुहुदा हात मिलाउनुभयो मेरा आखाबाट बलिन्द्र धारा लगातार बगिरहेको थियोे तर अरुको अगाडी “रुनु हुँदैन केटा मान्छे लाचार,रुन्चे,कमजोर र हरूवा भन्छन् अर्काले” भन्नुभएको कुरा सम्झिहाले अनि छिटो छिटो बाथरुम गएर मुख धोएर आए।तपाईंको हरेक डायरीको पाना नहेरी मलाई न त खान मन लाग्छ न त केहि काम गर्न।यहि नै त छ नि मेरो एउटा मुक साथी।कति धेरै ज्ञान् र दर्शनको कुरा लेख्नुभएको रहेछ ।कति धेरै पिर, ब्यथा, वेदना, रोग भोक र शोक लेख्नुभएको रहेछ साच्चै मामु तपाई कति साहसिक महिला।त्यति धेरै वेदना लिएर पनि निरन्तर आफ्नो जिम्मेवारी निभाउनुभयो एकलै एक्लै सङघर्स गरिरहनु भयो मेरो लागी ।तर दैब कति निस्ठुरी हुँदारहेछन् ।तपाईंलाई पनि भगवानले लैजानुभयो माथी आकाशमा मलाई एक्लै पारेर।तपाई दार्शनिक ,तपाईं मेरो शक्ति अनि आधार हुनुहुन्छ मसंग सुरक्षित हजुरको डायरीमा लेखिएका हरेक नैतिकताको धार्मिकताको पाठ हरुले मलाई नकारात्मक सोचाइ तिर उन्मुख हुन न त दिएको छ न कमजोर बनी अरुको अगाडी झुक्न र चुक्न दिएको छ।रबिन्द्रनाथ टगोरको भनाइ किन लेखेर टास्नु भएकोरहेछ भन्ने कुरा नि मैले बुझेको छु।समुन्द्र पार गर्नको लागी किनारमा बसेर पानी हेरेर तरिदैन त्यस्तै तपाईंको सपनाहरू साकार पार्न सानो मिहिनेतले पुग्दैन भन्न खोज्नुभएको हो।हाम्रो सानो संसार जहाँ म हास्दा तपाई हास्नुहुन्थो अनि तपाई हाँस्दा म हास्थे नि।तर आज म एक्लै एक्लै …..।
जन्मेदेखि नदेखेको बाबा भन्ने नाताको मान्छे यहि धर्तीमा हुँदा नि मैले कहिल्यै देख्न पाइन मायाको त कुरा परै जावोस।तपाईंको साथमा थिए मलाई कोहि कसैको वास्ता र आबस्यकता महसुस भएको थिएन।विद्यालयमा एक प्रभावशाली गुरुमाको छोरो भएकोले होला कसैले पनि हेप्ने र चेप्ने हिम्मत गर्न सकेनन् ,बाबाको नाम सोधपुछ गरेनन् कुनैकुनै शिक्षकहरुले चाहि सोध्नुहुन्थ्थो तर म हजुरले सिकाउनु भएको झैं घरमै हुनुहुन्छ भन्थे किन तेसो भन्न सिकाउनुभाको होला घरमा नभएको बाबा भन्नेलाई किन छ भनेर भन्नुभएको होला ?भनेर सोच्थे पछि थाहा भयो त्यति एक झुठो बाक्यले तपाई र म समाजको किराहरुबाट कति सुरक्षित रहेछौ।१0 बर्ष सम्म तपाईर म यही झुठो वाक्यमा अल्झिरहयौ अब त म कसैले सोधेँ भने मामु घरमा हुनुहुन्छ बाबा बितिसक्नु भयो भन्छु किन कि मलाई कुनै डर छैन त्यति भन्न बाचेको मान्छे मरेको र मरेको मान्छे बाचेको छ भन्नसक्छु।मान्छेको उपस्थिति र अनुपस्थिती शरीरले हैन रहेछ कर्मले गर्ने रहेछ।जब मेरो मामु रोग भोक र शोकले ग्रस्त हुँदा ,जब मलाई बाबा आमाको काखमा बसेर हास्न र रमाउन मन लाग्दा अनि दुखमा आबस्यक परेकोबेला त्यो नाताले लछारपाटो लागेन।
जति बेला मेरो मामु रातोदिन पसिनाले मेरो लागी बनावटि हासो हास्दै हिड्नुहुन्थ्यो त्यतिबेला त्यो नाता अरुको सन्सार सजाउन ,अरुको बगैचाको फूल टिपिरहेको रहेछ बिदेशी रमझम व्हिस्कीको चुस्किमा पराइको अङालोमा भने म किन त्यो सम्बन्ध जोगाइ राखु धर्तीको कुनामा छ भनी।मेरी मामु धरतीमाता कि पुजारी ,कर्मठ नारी ,सहनसिल समझदारी र बफादारी, पूरा गर्ने आफ्नो जिम्मेवारी र पो म ऐले यस्तो छु।म मेरो मामुको सपनाहरू पुरा गर्नेछु रबिन्द्र्नाथ साहित्यकारको ती भनाइ लेखेर मेरो कोठामा छोडेकै दिन पापी कालले मेरी भगवान मेरी मामुलाई खोसेर लग्यो ।म नितान्त एक्लो टुहुरो भएको छु मामु तर म तपाईंको मार्गदर्शनमा हिडिरहने छु । कयौं रातभरि लेखेर राख्नुभएको तपाईंको वेदनाको पोको डायरी धर्मप्रतिको लेख मेरो लागि लेख्नभएको अर्ती उपदेशका कुरा सबै सबै मसङ छन म सुरक्षित राखीरहनेछु।
आफ्नी ममतामयि देवीको सम्मान स्वरुप यो हजुर को लेख रचनाहरु लोकको भलाइ हेतु एकदिन संसारलाई देखाउनेछु।मेरी मामु, मेरो महान ब्यक्ति, मेरो खुशी, मेरो आदर्श चेहरा हजुरलाई म अधेरी चकमन्न मध्यरातिमा मात्रै यसरीनै आकाशमा हेरेर दुख साटुला आशीर्वाद लिउला आफ्नो बेथा सुनाउँला किन भने कहिँ कतै म बालकको आशु तप्प तप्प चुहिएको पनि त कोही शत्रुको नजर पर्ने छैनन मलाई कसैले रुञ्चे भन्ने छैनन् नि नत्र उज्यालो मा हुँदा दुनियाँले ताली पिट्ने छन किन कि यो संसार जित्नेहरुको हो हार्नेहरुको होइन भनेर हजुरले लेख्नुभएको वाक्य हेर्दैछु। म जित्नेछु मामु एक्दिन पुछ्नेछु आँसु हजुरको र म तर्नेछु त्यो दुखको समुन्द्र पनि किनकि मलाई तपाईंको र नेपाल आमाको आशिर्वाद भए कसैको बिचरा शब्द चाहिदैन। म सक्छु मामु एक्लै सङ्गर्स गरि आफ्नो शक्ति देखाउन तपाईंको पो छोरो त । बिदेशी मुद्रा कमाउने सपनामा भत्त्किएको हाम्रो संसारलाई स्वदेशी माटोको महत्त्व बुझाउनुछ दुनियाँलाई ।यहि काम गर सुन फलाऔ बचेको स्वभिमान बेची घरको खरको छानो मा सिरु नफुलाऔ।।
आफ्नो गाउँघर पाखा-पखेरा बन जङ्गल जस्ले सधैं चुपचापले ती बिदेशीने हरुको बाटो हेरिरहेका छन।मान्छे मात्रै पो हो त बैगुनी बन्न सक्ने तर त्यो हराभरा प्रकृतिले सबैलाई बरोबर सम्झिरहेको हुन्छ।मेरी मामु जस्ले सुख के हो चाख्न पाउनु भएन। हासो के हो बुझ्न पाउनु भएन।खुशी के हो अनुभव गर्न पाउनुभएन।एउटा नाम मात्रैको नाता मेरो बाबा जस्ले खुशी हैन ऋण बोकाएर बिदेसिनुभयो त्यो ऋण तिर्न मेरो मामुको शिक्षण पेशाको मामुली तलबले आठ बर्ष लाग्यो।मलाई थाहा थियो त्यो ऋण उहाँले मेरो लागी मेरो जिबनको बाटोको काडा पन्छाउनको लागी गर्नुभयो ।एउटा असल सम्बन्ध भनेको एक अर्काको आबश्कतालाई पुरा गर्नु हो रे मैले उहाँको डायरीमा पढेको।आहो कति पीडित हुनुहुन्थ्यो मेरो मामु त्यतिबेला ।मेरो सारा जिम्मेवारी एकातिर भने लोग्नेले अमेरिका जादा थोपारेर जानूभएको त्यो साहुको ऋण।बिस्तारै सबै सम्पत्ति घर बेचियो मामुको महिनाको तलब आउथो भोलिपल्टै सकिन्थ्यो भन्नू हुन्थ्यो “बाबु ऋन लागोस तर दिन नलगोस।” हामी कमाउला नि कुनै दिन तर खै किन कुन्नी मेरो मामुलाई यति छिटो लैजानुभएको भगवान यतिखेर मेरो अधेरीरातमा आँसु पिइरहेकोछु अरुले देख्दैनन यो रातमा रुदा जसरी मेरो मामु रुनुहुन्थो रातभर वेदना डायरीमा पोख्दै म सिरक अलिकति उचालेर उहाँले नदेख्नेगरि हेर्थे अनि म सिरक भित्र लुकेर रुन्थे किनकि उहाँ मलाई आशु लुकाउन मलाई छिटोछिटो सुताउनुहुन्थो एकादेशको कथा सुनाउदै नैतिक दृस्टान्त बुझाउनुहुन्थ्यो जैले भगवानको कुरा गरेर ।तर के थाहा मामुलाई म पनि उहाँको आशु पुछ्न, आशु बाडेर रुन आएकोले संगै रोइरहेछु भनेर ।
चुपचापले सिरक भित्रपट्टी स्वर बेसरी नियन्त्रणमा राखी भक्कानिए रुन्थे मलाई डाको छोडेर स्वर निकालेर रुन मन नलागेको होइन तर उहाँ मलाई कहिलेपनि अभाव ,पिडा, दुख ,आशु खसाउनु नपरोस् भन्ने चाहनुहुन्थो।बिदेशीको ज्वाइ बन्नुभएका मेरा आदरणीय अपरिचित बाबा आजबाट मैले तिम्रो नाम मेरो कलिलो बालमस्तिष्कबाट हटाइएदिएकोछु मलाई आबस्यक छैन तिम्रो नाम।तिम्रै कारण मेरी मामुको मृत्यु हुनपुग्यो।हिजो मेरो मामुपनी एक्लै बहादुर बनी बाचेकै हो तिमी बिना मैलेपनि निकै अभ्यास गरिसकेको छु।भोलि तिमि पैसाले पुगिसरी भै नेपाल आमाको काखमा झुक्किएर फर्कियौ भने बिन्ती मलाई नखोज्नु किनभने मेरो मामुले पाल्नुभएको ती अशक्त बुढाबुढीहरु नै मेरो अभिभावक अनि सम्पुर्ण संसार हो।मानवधर्म र मानवको सेवा गर्नुपर्छ भनेर सिके तर दानबको सेवा गर भनेर कहिँ कतै सिकिन।मलाई माफ गर बिदेशीको ज्वाइसाब।।।
SHARE