२०८१ वैशाख ६ गते | 18th of April 2024

कानूनी शासन कायम गर्न प्रधानमन्त्रीको निर्देशन

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २३ गते १६:१९

काठमाडौँ, २३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा शान्ति सुरक्षा र कानूनी शासन कायम गराउन पूर्ण प्रतिवद्घताका साथ डटेर काम गर्न नेपाल प्रहरीका उच्च अधिकृतलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न आज प्रधानमन्त्री कार्यालय सिंहदरबार पुग्नुभएका प्रहरी महानिरीक्षक प्रकाश अर्याल र हालै अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा भएका टोलीलाई उहाँले सो निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री देउवाले जनधनको सुरक्षाका साथै प्रहरीको छविलाई उच्च राखेर काम गर्नुपर्र्ने बताउँदै तेश्रो चरणअन्तर्गत आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि विशेष सुरक्षा सतर्कता अपनाउन पनि निर्देशन दिनुभयो ।

प्रहरीको काम सुरक्षा मात्रै नभई जनताको दःुखसुखमा साथ दिने साथी पनि भएको उल्लेख गर्दै उहाँले प्राकृतिक प्रकोपमा पनि चुस्तरुपमा कार्य गर्नका लागि सतर्क रहन प्रहरीलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले देउवाले प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचन र त्यसलगत्तै हुन लागेको प्रतिनिधसभा र प्रदेससभाको निर्वाचनमा शान्ति सुरक्षाको अवस्था मजबुत पार्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका निजी सचिवालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *