– लक्ष्मण सिटौला

ब्यर्थ हो भनेर जान्दा जान्दै पनि
ब्यस्त भैरहनु जीवनको परिभाषा हो
प्रेम त्यही प्रार्थना हो-
एक निर्विकल्प सत्य
प्रेम जानिदैन/ भनिदैन/ गरिदैन
प्रेम आफै हिंड्न् सक्छ/ डाेर्याउनु पर्दैन
मन्दिर भत्केपछि पनि देउता त्यही रहन्छ
किनकि देवता आत्मा हो
मन्दिर खोल हो
प्रेमत त्यहीँबाट शुरुहुन्छ
आखाको गोधुली छायांले हेरेपछि
प्रेम केहो मैले अझै जानिन।
मैले यति जाने कि आसुमा मुछिएको जीवन
र पीडामा भत्किएको नारी सन्सार लाइ
प्रेम प्रार्थनाको मल्हम लगाउनुपर्छ।
प्रेम प्रारब्धको प्रसाद हो।
शीरमा लगाए सुहाउछ।
पैतालाले कुल्चिए पाप लाग्छ।/
प्रेम तमोश्वमा जोतिर्गमय हो
यो ज्योती बलिरहोस ननिभोस /
भलै यतिखेर तिमीलाइ दिने मसग मात्र आसुको दरौदी छ
चेपेसम्म आउ मेरो आँसु पुछन।मसगत
तिम्रो दुखमा झरिरहने आँसु छ
आसुले भरिएको आँखा तिमीलाइ
स्वयम्भुको आँखा।रोए जस्तो नि लाग्छ
र कहिलेकाही हासेजस्तो नि लाग्छ
लिनु पर्ने र दिनु पर्ने केही नभएको निस्काम
निस्वार्थ प्रेम अ्मर प्रेम-
जसरी बाडिएका थिए हिजो कृष्ण प्रत्येक गोपीनीहरुसङ। त्याहा न यौन थियो न उन्माद थियोे, केवल तमोश्वोमा जोतिर्गमय थियोे
न सपना न बिपना न ताप न प्रताप
न जित न हार न तेरो न मेरो ,न चोखो न बिटुलो
नीर्मल आकाश जस्तै- आउ !
म तिमीलाइ बुद्ध बाणिले प्रेम गर्छु
र नीर्मल बनाउछु ।
हामी जन्मदै मृत्यु र भोक लिएर आयौ
र त्यसैले प्रेम जन्मियो र प्रेम भोगमा बदलियो
जुनेली माया पो माया सबलाइ बाटो देखाउने।
आँसु र आखाको जस्तै साइनो तिम्रो र मेरो
बरबरी गालाको भिर बाट चुहिरहेको ।
सपनाहरूको शहर बाट
कोहि एक्लो यात्री निरन्तर हिडिरहनु
अनि त्यही पलाएन यात्रुको पर्खाइमा
मर्स्याङ्दी रोइरहनु
के तिम्रो बिरिनचोक बिमारी भएकै होर?
नत्रभने बारपाक त्यतिधेरै दुख्दा पनि
तिमी फर्केर आएनै चेपेवारी र
म एक्लै फर्किएं ।

SHARE