कमला राना
बिरेन्चोक, गोर्खा ।
हाल : काठमान्डौं ।

यो जीवनकाल खै कुनि के का लागि
ब्यर्थ छ सबैथोक तैपनि संघर्श जताततै
हास्न खिस्सपनि,बाच्न क्षणिकपनी ।।
तिमी भन्छौ यो जिबन नहुनेहरुका सेवारत आयौ
तिमि भन्छौ यो जीवन रुनेहरुका आशुपुछ्न आयौ
तिमि भन्छौ यो जीवन दुखीहरुका दुख बुझ्न आयौ
तर ….तर
म भन्छु यो जिबन स्मृतिमा रहेका सपनाहरू मेट्न आयौ
तर जहाँं म रानी तिमी राजन थियौ
जहाँ म फूल तिमी माली थियौ
जहाँ म चादनी तिमी रबि थियौ ।
संग-संगै बिताएका पल राज्यधाह्क्ष बने साथमा
तिमिले पहिराइदिएको बहुमुल्य श्रीपेच माथमा
तिमिले सजाइदिएको रत्नजडित चुरा-बाला हातमा
म त्यसै त्यसै पुलकित थिए
म त्यसै त्यसै हर्शित थिए
म त्यसै त्यसै सज्जित थिए
तिम्रो मायामा
तिम्रो छाँयामा
तिम्रो कोमल कायामा
मैले धर्म निभाएकि थिए एक अभिन्न अंग बन्नुमा
मैले कर्तव्य पालना गरेकी थिए एक मुटु बन्नुमा
मैले अध्यय थपेकी थिए जीवाश्म पैदा गर्नुमा तिम्रो

अधिकार आफैँ काखमा आएर बस्यो
उत्तरदायीत्व आफै शिरमा आएर बास्यो
वेदना आफैँ मुटुबाट एका- एक बिलायो
किनकि …किनकि
तिमि आफैँ त एक सम्राट थियौ
मायाको
ममताको
जिम्मेवारीको
बफादारीको …….त्यसैले त दियौ
सम्राज्ञीको उपमा
देबीको उपमा
सतिको महिमा
म मात्रै माया, धर्म, कर्तव्य र बफादार नारी बनेकिले
म मात्रै छाँया काया र निलिमा चेली बनेकिले
म मात्रै पौरखी पारखी र पुलकित आस्था बनेकिले
तर आजको संसार हेर
आजको दुनियाँ हेर
आजको मुटु हेर त नियालेर, कोट्याएर, चिरफार गरेर
पुरै खोक्रो मुटु बोकेका
पुरै कुरुप तन मन मस्ति आत्मा ष्क
पुरै अज्ञानि भबसागर दुनियाँ
फोहोरको दङुरजस्तै दिमाग भएको मानिस,

सौचालयको ढलजस्तै दुर्गन्धित रगत बग्नाले…..
आधुनिकताको नाममा लवाइमा छाडापन ,
स्वतन्त्रताको नाममा गराइमा ठाडापन ,
शिक्षितको नाममा बोलाइमा काडापन
अनि के आशा गरुँ हक र अधिकार को
अनि के आशा गरुँ कर्तव्य र जिम्मेवारीको
अनि के आशा गरुँ सभ्य र सभ्यताको ????
देबी भएको अमर पुराण छ
शक्ति भएको ठोस इतिहास छ
लक्ष्मी र लक्षिन भएको सत्य प्रमाण छ
किनभने त्यतिबेला शिल स्वभाव जताततै
किनभने त्यतिबेला मान मर्यादा ढकमक्क फूलेका
किनभने त्यतिबेला आदर सम्मान गहना झै पहिरिएका थिए हरेक नानी र नारी ।।।।
भैगो कल्पना नगर बिकासको
भैगो सपना नदेख सभ्य समाजको
भैगो योजना नगर संसार उजिल्याउनेको
जब जताततै कु तत्व को उत्पादन
जब जताततै कु मान्छेको बिग बिगि
जब जताततै कु सस्कारको हालिमुहाली
ओहो पृथ्वी माता बरु छिटोभन्दा छिटो भासिनु
पट्कनु अनि नयाँ बिल्कुल नयाँ ध्रुव ताराको उदय गराउनु।।।।।

किनकी …किनकि
बेदकि नारी
गीताकि नारी
महाभारतकि नारी
रामायणकि नारी
अनि …..
धर्ती तिमी नारी
प्रकृति तिमि नारी
नदी तिमि नारी
फूल तिमि नारी
चादनी तिमि नारी
शान्ति तिमि नारी
सबैलाई अपमान गरेको हेर्नू भन्दा
बिन्ती धर्ती पट्कनु
प्रलय अलय विलय हुनु
निमेष मै सकिनु ।
यस्तो धर्मविहिन ,अनुशासनहिन कर्तब्यहिन बनी
यस्तो पराकाष्ठा यस्तो नक्कली सन्सारमा अस्तित्व के राख्न बाकी छ र??
भैगो यो जिबनमा बिस्मृत यादलाई स्मृतिमा मात्रै ल्याए तर केही गर्न सकिन ।मलाई माफ गर जननी।।।

(अस्ति काम बिशेषले पोखरा बाट काठमाडौं आउँदै थिए ।सार्बजनिक यातायातमा त्यो लोक भाका गुन्जियो धेरै खुशी लाग्यो किन भने लोक भाकामा जुन नेपालीपन, नेपाली रितिरिवाज शुद्धता छ स्वाद छ त्यो अमुल्य र अमुर्त लाग्छ ।तर मेरो त्यो उल्लास अनि लोक गीतप्रतिको अमीट ममता र ध्यान एकाएक ज्योति मगरको नृत्य र अभिनयले एकै झटकामा चकनाचुर बनाईदियो त्यो चक्काजाम तेहि माथी तेस्तो छाडापन मिसिएको लोक गीत (दोहोरीमा कैले हुने झ्याप झ्याप झ्याप र ल्याप ल्याप ल्याप )ओहो ! म एकदम निराश बने यो दिन यो दुर्दशा देखेर दोहोरी गीतमा ।। अनि कविता लेखे ज्योति बैनी लाई सम्झदै)।।।

SHARE