दोहा कतार, असार २६ ।
प्रवासी नेपाली मंच कतारको आयोजना मा यही जुलाई २९ मा जन संगीत मञ्चको पहिलो वृहत जनसांस्कृतिक कार्यक्रमको आयोजना गरीएको छ । कार्यक्रमा नेपालका ख्याती प्राप्त जनवादी तथा लोकगाएक तारापती सुवेदी लक्ष्मी नेपाली लगायत जन संगीत मञ्च कतारका कलाकारहरुको प्रस्तुतीरहने कार्यक्रम संयोजक तथा कलाकार  प्रभात त्रिपाठीले जानकारी दिए ।
विदेशमा वसेर पनि आफ्नो लोक संगीतलाई माया गर्ने र साथी भाईहरुको मित्रता प्रगाढ वनाउन पनि यो वृहत जनसांस्कृतिक कार्यक्रमको आयोजना गरीएको वताएइको छ । २९ जुलाई शुक्रवारका दिन सालीमार रेष्टुरेन्ट मा विहान एघार वजेवाट सूरु गर्नेसह संयोजक गाएक ईश्वर पौडेलले बताए । कार्यक्रममा पुर्ण नेपाली, इमान सिंह ठकुरी, रेशम वहादुर बस्नेत क्षेत्री, हरिविनोद अधिकारी, शिवराम ढकाल, विरेन्द्र सुनार, रुविन जि.सी, खगेन्द्र परियार रोशन वि.क,नेत्र प्रसाद सुव्वा ,मन्जु गुरुङ,तवीता गजमेर ,युवराज खत्री,सन्जीब रानाभाट ,भगवती मिजार लगाएताको समेत प्रस्तुती रहने वताइएको छ । स्थानीय र समाज सेवीको सहयोग वाट कार्यक्रम संचालन गर्न लागीएको  र खर्चको मध्यनजर गर्दे स शुल्क कार्यक्रमको आयोजना गरीएको प्रवासी नेपाली मंचका अध्यक्ष रामहरी गैह्रेले बताए ।

SHARE