२०८१ वैशाख १३ गते | 25th of April 2024

समाजसेवी गोकुल रोक्का सम्मानित

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १७ गते १६:०१

काठमाडौं । सामाजिक काममा सहकार्य गर्दै आएका समाजसेवी गोकुल रोक्का सम्मानित भएका छन । शनिबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका स्थित सुन्दरीजलमा रहेको लवप्रसाद ओली बालगृहद्धारा रोक्कालाई सम्मान गरेको हो । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गोकुल रोक्काले बालगृहमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । कार्यक्रममा गोकुल रोक्का लगायत अन्य समाजसेवीलाई समेत सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

गोकुल रोक्काले यस बालगृहका लागि जग्गादातासंग सहकार्य गरी बालगृह सुरु गर्न ठुलो पहल गरेका थिए । रोक्काको पहलमा स्व तेजबहादुर थापामगरले बालगृह सञ्चालन गर्नका लागि जग्गा तथा घर निशुल्क उपलब्ध गराएका थिए । तर उक्त जग्गा बालगृहका नाममा नामसारी गर्न नमिले पछी सुन्दरीजल वृद्धाश्रमको नाममा रहेको छ । लवप्रसाद ओली बालगृह  पनि सुन्दरीजल वृद्धाश्रमबाटै संचालन भएको संस्थाकी अधक्ष्य उषा ओलीले बताइन  । जग्गा दान गर्ने तेजबहादुर थापामगर एक बर्ष अघि स्वार्गारोहण भएका छन ।

झापामा जन्मिएर सामाजिक काममा अब्बल उषा ओलीले यो बालगृह सञ्चालन गरेकी हुन । यस अघि ओलीले काठमाडौंको जोरपाटीमा बालगृह सञ्चालन गरेकी थिइन । तेजबहादुर थापामगरले जग्गा दान गरेपछि सुन्दरीजलमा बालगृह सञ्चालन गरेकी हुन । ओलीको सामाजिक भाव र सामाजिक सोचका कारण आज पिछाडिएका चेपांग समुदायका बालबालिकाहरुले नयाँ जीवन पाउनुका साथै उचित शिक्षा दीक्षा पाएका छन ।
यसरी सामाजिक काम गर्दै आएकी उषा ओलीले एउटा उदाहरीय काम गर्न सफल भएकी छन । अहिलेसम्म बालगृहमा बसेका बालबालिकाको ब्रतबन्ध तथा हिन्दु परम्परा अनुसार गुन्युचोली दिने पवित्र कार्य समेत गरेकी छन ।स्व लवप्रसाद ओली बालगृहकी अध्यक्ष समेत रहेकी उषाले शनिबार आयोजना गरेको कार्यक्रममा स्व लवप्रसाद ओली तथा जग्गा दाता स्व तेजबहादुर थापामगरको शालिक अनावरण तथा सिंहबाहिनी मन्दिरको शिलान्यास समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *