काठमाण्डौं, असार २९ ।
केपी ओली नेतृत्वको सरकारले पेस गरेको आगामी आर्थिक वर्षको पूर्ण बजेट आज पारित हुँदैछ । बिहान ११ बजे बस्ने बैठकले जेठ १५ गते संसदमा पेस भएको बजेट पास गर्न लागेको हो ।
व्यवस्थापिका संसदले गत शनिबार विनियोजन विधेयक पारित गरिसकेको छ भने आज बजेटसँग सम्बन्धित थप तीन वटा विधेयक पारित गर्नेछ ।
बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पारित गर्ने कार्यसूचि रहेको छ । राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयकमाथि सामान्य छलफल पछि पारित गर्ने तयारी संसदले गरेको छ ।

SHARE