यूएस नेपाल पोलिसी रिसर्च सेन्टरको प्रथम सम्मेलन ३० जुलाई २०१६, सिकागोमा सम्पन्न भएको कुरा सम्मेलन आयोजक समितीका संयोजक डा यादब पण्डितले जानकारी गराउनु भएको छ। कार्यक्रमबारे छोटो जानकारी दिंदै डा पण्डितले भन्नुभयो यो अलि फरक रुपको थालनी गरियो र त्यो सबैले मन पनि पराउनु भयो। पहिलो पटकमै राम्रै सफलता भयो र धेरै कुरा पनि सिकियो। साथमा डा पण्डितले सहोग गर्नुहुने र उपस्थित सबैलाई हार्दिक धन्यबाद ज्ञापन पनि गर्नुभएको छ ।

कार्यक्रम अनौपचारिक रुपमा सुरुभयो। स्टेजमा उठेर सबै आयोजक समितीका सदस्यहरुले आगन्तुकहरुलाई एकैपटक स्वागत गर्नुभयो। स्वागतको लिड डा यादब पण्डितले गर्नुभएको थियो। कार्यक्रम एत्तिकैमा सुरुभयो कुनै खादा ओडाउने, फुल-माला पहिराउने कार्य भएन।

पहिलो चरणमा डा अर्जुन बन्जाडेले यूएस नेपाल पोलिसी रिसर्च सेन्टर संस्थाको स्थापना, उद्धेश्य आदी बिषयमा जानकारी गराउनु भयो भने सोही समयमा सबै उपस्थितहरुबाट आफ्नो परिचय दिनेकार्य भयो । तेसै गरी सम्मेलनको अर्को बिशेशता भनेको कुनै प्रमूख अतिथि थिएनन्। तर अतिथि बक्ताको रुपमा डा यज्ञ मुर्ती बन्जाडेले नेपालको संबिधान र शुशासनबारे जम्मा १० मिनेटको प्रस्तुति दिनुभयो। तेस्मा कुनै हाइ आउने भाषण कसैको सुन्नु परेन। दोश्रो शेशनमा १२ वटा विभिन्न बिषयमा प्रस्तुतिहरु भए। ६ वटा प्रस्तुति बिज्ञानका र ६ वटा नेपाल सरकारको नीतिगति कुराहरुसंग सम्बिन्धित थिए।16070755usnepal

अब उप्रान्त सम्मेलन हरेक वर्ष गरिने छ भने कार्यक्रम दुइ दिनको हुनेछ। तेसै गरी संस्थाले आफ़्नो कार्यक्रमहरु नेपालमा कि त प्रत्यक्ष ग्रासरुटमा गएर गरिने कि पोलिसी लेबलमा गरिने निर्णय गरेको छ।13906894_10154485267759379_6182146951292831605_n

तेसैगरी तेश्रो शेशनमा आगामी दुइ बर्षका लागी डा आमोद पोख्रेलको अध्यक्षतामा ७ सदस्य कार्यसमिती बनेको छ। समितिको कार्यकारी अफिसरमा डा अर्जुन बन्जाडे, सदस्यहरुमा दिन बन्धु भट्ट, डा देश राज सांयोक, डा राजन राज पन्त, जगदम्बा अधिकारी र कबिता खरेल हुनुहुन्छ।US Nepal Policy Research Center

कार्यक्रममा सहभागी एकजना उर्मिला पन्जिवार लस एन्जलसदेखि आफ़ो धेरै उत्साहित भएर गएको अनि नयाँ रुपमा नेपाललाइ कामलाग्ने थुप्रै कुरा प्रस्तुतिबाट पाएको बताउनु भयो। तेसैगरी अर्का सहभागी शिव प्रकाशका अनुसार यो कार्क्रममा राम्रा प्राक्टिकल प्रस्तुति भए, परंपरागत रुपको कार्यक्रम भएनन्। नेपाली बेबीबूमरले गर्ने भन्दा फरक थियो जुन कुरा सबैले सिक्न योग्य थियो। जुन उद्धेश्यले नयाँ कुरा हुन्छ भनेर गएको थिए त्यो पाए ।13669084_1047674821934888_3007840384263728456_n

कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेल पनि उपस्थित हुनुहुन्थ्यो। अन्तमा नयाँ निर्वाचित अध्यक्ष डा आमोद पोख्रेलले आगामी दिनमा सबैबाट सहयोग हुने अपेक्षा सहित सहोगी र सहभागी सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको छ।

13876147_1047674968601540_2499661967879422007_n
US Nepal Policy Research Center
13876539_1047674938601543_4610769815255324948_n
US Nepal Policy Research Center
13879355_10155912526618644_3894061830542079884_n
US Nepal Policy Research Center
13880345_1047678055267898_4526220475523544484_n
US Nepal Policy Research Center
13882081_1047674855268218_8659770259960444123_n
US Nepal Policy Research Center
US Nepal Policy Research Center
US Nepal Policy Research Center

***Photos: Dr Yadab Pandit

SHARE