नेपाल सरकारका लागी सियाटल शहर, वाशिंङ्टन ष्टेट, अमेरिकाका लागि नेपाली ब्यापार प्रबर्धन र नेपालीहरुको सो बिषयमा सहयोग र साथ् दिने बिश्वासका साथ नेपाल सरकारले एसी शेर्पालाई अवैतनिक बाणिज्य दुत (Honorary Consul in the City of Seattle in The Washington State of The United State of America) नियुक्त गरेको छ।  13260269_1212463702106250_5506322627590176728_n

AC Sherpa

शेर्पालाई उक्त क्षेत्रका नेपाल र नेपाली समुदायको ब्यापार, ब्यबसाय, पर्यटन, शिक्षा लगायतका शेत्रमा कानुनी अन्य र आबश्यक सहयोग र साथ दिने गरि जिम्मेवारी तोकिएको छ। भर्खरै नेपालबाट अमेरिका फर्कनुभएका एसी शेर्पाले सो जिम्मेवारी प्रदान गरिएकोमा नेपाल सरकार र अमेरिकाका लागि महामहिम राजदूत डा अर्जुन कार्की समेतलाई हार्दिक धन्यबाद ज्ञापन गर्नुभएको छ।

शेर्पा लगभग तीन दशक देखि अमेरिका बस्दै आउनु भएको छ। अमेरिका र क्यानाडा दुवै देशमा आफ्नो ब्यापार, ब्यबसाय गरेका शेर्पा गैर आवासिय नेपाली संघको द अमेरिकाज क्षेत्र (उत्तर र दक्षिण अमेरिका) का लागि क्षेत्रीय उपसंयोजक हुनुहुन्छ।12791088_1148247888527832_8171167778748706891_n

नेपालको पुर्बी जिल्ला सोलुखुम्बुमा जन्मेर सानै उमेर देखि अमेरिका रहनु भएका शेर्पाले बिश्वको उच्च शिखर सगरमाथा लगायत बिश्वका सात उच्च शिखर (सेभेन समिट) आरोहण गरिसक्नु भएको छ। यति मात्र हैन उहाँ हिमाल आरोहण सम्बन्धि ७० देशका लागि प्रशिक्षक पनि हुनुहुन्छ। आफ्नो जिल्लाको सामाजिक बिकाशमा उत्तिकै सहभागी हुनुभएका शेर्पाले सोलुखुम्बु जिल्लामा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा २ करोड भन्दा धेरै सहयोग गर्नु भएको छ।

Source : EHub

SHARE