नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को चुनाव हिजो सकिएको छ । संयुक्त प्यानलको पोल्टामा परिणाम गएको छ । श्रावणको २३ देखि २५ सम्म सम्पन्न गर्ने भनिएपनि विवादबीच मतदाता र निर्वाचन तालिका धकेलिएको थियो । बिहिबार दिउँसो सम्पन्न परिणामले ९ वर्षदेखिको संगठनको टिके राजनीतिको अन्त्य गरिदिएको छ ।

अध्यक्ष नैनसिंह महरसहित सोहि प्यानलबाट महामन्त्रीद्वय कुन्दन काफ्ले र सरोजकुमार थापा निर्वाचित भएका छन् । १ सय २९ कार्यसमिति सदस्य प्रत्यक्ष निर्वाचित भएका छन् भने बाँकी एक महामन्त्री सहित २२ सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।

डडेल्धुरा भागेश्वर गाविसमा जन्मिएका महर २०४६ सालबाट नेविसंघको राजनीतिमा सक्रिय युवा हुन् । विद्यार्थीकालमै राजनीतिमा होमिएका महर संघको केन्द्रीय सदस्य हुँदै संगठन विभाग प्रमुख र ०६४ सालमा केन्द्रीय उपाध्यक्ष भएका थिए । लेखन र विश्लेषणमा दख्खल राख्ने महर डडेल्धुरा पत्रकार महासंघका संस्थापक अध्यक्ष समेत हुन् । उनी ०६२/६३ को जनआन्दोलनमा झण्डै २ महिना जेल पनि परेका थिए ।

तपाइँलाई जिताउने मतदातालाई के भन्नुहुन्छ ?
संगठनको लागि अहोरात्र खटेर साथीहरुले जुन मायाँ र जिम्मेवारी दिनुभएको छ सर्वप्रथम म वहाँहरुलाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु । यो मतको सम्मान त्यतिबेला हुन्छ जब मैले बोलेका प्रतिवद्धतातर्फ मेरो यात्रा हुन्छ । तसर्थ सम्पूर्ण साथीहरुलाई अबका दिनमा पनि खबरदारी र पहरेदारी गर्दै दिशानिर्देश गर्नको लागि अनुरोध गर्दछु । निर्वाचन प्राविधिक पक्ष भएकोले जित र हारभन्दा पनि संगठनप्रतिको बफादारीता मेरो पहिलो खुड्किलो भएकोले आगामी दिनमा पनि मतदाता साथीहरुको पूर्ण सहयोग र सद्भावको अपेक्षा गरेको छु ।

हेर्नुहोला मेरो कार्यकालमा यी सबै वाइयात मान्छे र समूह पाखा लागेर जानेछन् । विद्यार्थीको संगठनमा विद्यार्थी हावी हुनेछन् ।

संगठन त गुटले चलेको छ, अब तपाइँ कसरी अगाडि बढ्नुहुन्छ ?
सत प्रतिशत तपाइँले भन्नुभएको सहि हो । पछिल्लो विकसित राजनीतिक घटनाक्रमले गलत राजनैतिक संस्कारलाई प्रश्रय दियो, जुन कुरा हुनु हुँदैनथ्यो । यहि गलत सोच र संस्कारलाई चिर्दै बिपीको मुल्य, मान्यता र आदर्शको बचावटको लागि मेरो उम्मेद्वारी थियो । आज मलाई साथीहरुको अधिक माया प्राप्त गरेको छ जसको मुख्य उद्धेश्य भनेको संगठनमा अचाक्ली बढेको गुटको अन्त्य नै हो । हेर्नुहोला मेरो कार्यकालमा यी सबै वाइयात मान्छे र समूह पाखा लागेर जानेछन् । विद्यार्थीको संगठनमा विद्यार्थी हावी हुनेछन् । विद्यार्थी देशका दक्ष कर्णधार बन्न सक्नेछन र नैतिक शिक्षा सहितको राजनैतिक सहभागितामा विद्यार्थीको भूमिकामा परिवर्तन देख्नुहुनेछ ।

चुनाव कसरी जित्नुभो ? केही राज छ की ?
हेर्नुहोस् चुनाव अत्यन्त प्राविधिक पक्ष हो । विभिन्न विधि र तरिका यो पाटोको मन्त्र हो । विद्यार्थीको वर्षौँदेखिको चाहना अब्बल र दक्ष नेतृत्वको थियो । त्यहि माया र सद्भाव नै म लागायत प्यानल विद्यार्थी साथीहरुमा रोजाइको विषय बन्यो । हेर्नुहोस् संगठनभित्र पूर्णकालीन साथीहरु नेतृत्वमा आउनुभएको छ । काम गर्ने, अहोरात्र खट्ने र सरकार लागायत अन्य गतिविधिमा सक्रिय साथीहरुलाई नै मतदाता विद्यार्थी साथीहरुले रोज्नुभएको छ । तसर्थ, संगठनलाई माया गर्ने र बढेको शैक्षिक बिकृतिलाई अन्त्य गर्ने हाम्रो प्रतिबद्धतालाई साथीहरुले समर्थन गर्दै हामीलाई जिताउनु भयो । हुन त अनेक किसिमका हल्ला प्रचारमा नल्याइएका पनि होइन तर समग्रमा सम्पूर्ण कार्यसमिति चयन हेर्नुहोस्, साथीहरुले बिचार गरेरै मत दिनुभएको छ । यसकारण स्पेशल राज हैन, यो त योग्यताको समर्थन मात्र हो ।

हरेक पक्षमा असन्तुष्ट हुन्छन् तर तपाइँले हिजोमात्र मेरा प्रत्यासी साथीको सहयोगको फोटो देख्नुभएकै छ । यहि हो लोकतान्त्रिक चरित्र । असन्तुष्ट साथीहरु म बाट होइन प्रणालीबाट हो ।

असन्तुष्ट पक्षलाई कसरी मिलाउनुहुन्छ ?
म लगायत अन्य साथीहरु जो निर्वाचित हुन भएन सबैले मिलेर काम गर्नुपर्छ भन्ने एकल व्यक्ति हो । लोकतान्त्रिक पार्टी र भातृ संगठनहरुमा बढेको आपसी बैमानश्यता चिर्दै सम्पूर्ण साथीहरुको समर्थन र सहयोगमा संगठन बलियो हुन्छ भन्ने मेरो पहिल्यैदेखिको धारणा हो । तसर्थ, निर्वाचनले जित र हार छुट्याएपनि कामको मामलामा कुनै पक्ष र गुटको सन्देशलाई शिरमा राख्ने मेरो बानी छैन । सबै साथीहरु एउटै छहारीको सदस्यहरु हौँ । कसैलाई बाइपास गरेर जाने अवस्थापनि अहिले विद्यार्थीको माग होइन र हुँदैन पनि । हरेक पक्षमा असन्तुष्ट हुन्छन् तर तपाइँले हिजोमात्र मेरा प्रत्यासी साथीको सहयोगको फोटो देख्नुभएकै छ । यहि हो लोकतान्त्रिक चरित्र । असन्तुष्ट साथीहरु म बाट होइन प्रणालीबाट हो । तसर्थ अबको यो बाटोमा सम्पूर्ण साथीहरुको सहयोगले नै दिशानिर्देश हुने भएकोले विद्यार्थीको चरित्र हिजोपनि सहि नै थियो र अब पनि सहि नै हुन्छ भन्नेमा मेरो आशा छ ।

bijaya

तपाइँको नेतृत्वबाट नेविसंघ राजनीतिमा सकारात्मक सोचको आशा राखिएको छ त्यो पूरा गर्न सक्नुहुन्छ ?
पक्कैपनि । म यहि आशाका साथ अगाडि बढेको थिएं जसमा साथीहरुले साथ दिनुभयो । संगठनको लागि झण्डै २० वर्षको अनुभव र अभ्यासलाई हेरेरै विद्यार्थीको माया पाएको छु । पार्टी सुदृढीकरण र राजनीतिमा विद्यार्थीको चाहना र कार्यक्षेत्रको बारेमा पटक पटक मुद्धा उठाएको छु । विद्यार्थी राजनीतिको उमेर र अनुशासनको पक्षमा सँधै वकालत गरेकै कारण बिग्रँदो विद्यार्थी राजनीतिलाई सहि बाटोमा ल्याउन सक्ने नेतृत्वमा मलाई विश्वास गर्नुभएको छ । त्यसको लागि म आभारी मात्र होइन सहि काम गर्ने मेरा भगवानको दर्जामा मतदाता साथीहरुलाई राख्न चाहन्छु । मलाई दिनुभएको यो अभिभारालाई कुनैपनि हालतमा संगठनको नियम, कानुन र पारदर्शीताको पक्षमा लगानी गर्नेछु । साथीहरुले राख्नुभएको सकारात्मक सोचको अभाव अबको कार्यकालमा पूरा गर्न म सँधै कटिबद्ध हुनेछु ।

मलाई दिनुभएको यो अभिभारालाई कुनैपनि हालतमा संगठनको नियम, कानुन र पारदर्शीताको पक्षमा लगानी गर्नेछु । साथीहरुले राख्नुभएको सकारात्मक सोचको अभाव अबको कार्यकालमा पूरा गर्न म सँधै कटिबद्ध हुनेछु ।

 तपाइँले लेखेका र बोलेका कुरा यसपटक लागू हुन्छन् ?
ठोकुवा गरेर त नभनौँ, हेर्नुहोस् यो बिपीको संगठन हो । संगठनले जे बोलेको छ झुटा बोलेको छैन र बोल्दैनपनि । यहि मान्यतालाई शिरोधार गर्दै अबका हरेक पलहरु म संगठन केन्द्रित हुनेछु जसमा तपाइँको साथ हरतरहले आवश्यक छ । मियोको रुपमा तपाइँको सहयोग पाए मैले बोलेका र लेखेका मात्र होइन समग्र देशका विद्यार्थी संगठनको आवश्यकतामा म खट्नेछु । पछिल्लो समयको बिकृतिलाई चिर्दै विद्यार्थी संगठन यस्तो पो हुनुपर्छ भन्ने स्थानमा म अवस्य पुर्याउने छु । संगठनको नीति र नियमलाई सुधार्नुपर्ने ठाउँमा सुधार्दै चुस्त, दुरुस्त र पारदर्शी बनाउँदै शैक्षिक र सम्पुर्ण देशको मुद्धामा विद्यार्थीको भूमिकालाई अझ बढाउनेछु ।

अन्त्यमा,
अन्त्यमा सबै साथी तथा सुभेच्छुकहरुमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु । सहिदको चाहना र अपूर्ण विद्यार्थी आन्दोलनका चोइटाहरुलाई पुरा गर्न चाहन्छु । जसमा गर्छ भनेर जुन नेतृत्व सुम्पनुभएको छ त्यसलाई शिरोधार गर्दै अगाडि बढ्नेछु । चुनावमा थोरै मतका साथ पछि पर्नुहुने साथीहरु मेरा आदर्श र भविश्यका मार्गदर्शक भएकोले वहाँहरुमा जित र हारको सोच नराख्न आग्रह गर्दछु । मेरा हरेक पाइलाहरुमा सबैको आशा राखेको छु । संगठनको विधीलाई अबका दिनमा झनै प्रभावकारी बनाउँदै ओझेलमा पर्दै गएका विद्यार्थी मुद्धाहरुलाई पुरा गर्न सबैमा सहयोगको अपेक्षासहित विनम्र अनुरोध पनि गर्दछु ।

 

SHARE