२०८१ वैशाख ११ गते | 23rd of April 2024

स्नातक तह सञ्चालनका लागि १० लाख संकलित

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ६ गते १६:१३

काठमाडौँ, ६ कात्तिक । स्नातक तहको शिक्षा सञ्चालनका लागि श्रीमद्भागवत महापुराण गरी रु १० लाख संकलन गरिएको छ ।

ललितपुरको विकट कोन्ञ्ङजोसो गाउँपालिका–५ भारदेउस्थित बालेश्वर माविले आयोजना गरेको महापुराणका प्रमुख वाचक तथा हिन्दू जागरण नेपालका कोषाध्यक्ष मुकुन्द नेपालले त्यसबाहेक अन्य राजनीतिक दल र गाउँपालिकाले पनि सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरेको जानकारी दिए । उक्त गाउँपालिकामै पहिलो पटक आयोजित महापुराण गत असोज २२ देखि ३० गतेसम्म सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *