संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पररास्ट्र मन्त्री एवम नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य डा. प्रकाशशरण महत अमेरिका आउनुहुने भएको छ । केही हप्ता अगाडीको भारत भ्रमणको सफलतापश्चात लगत्तै अमेरीका आउनलाग्नुभएका पररास्ट्र मन्त्री डा. महतले नेपालको कुटनैतीक क्षेत्रमा आफ्नो कार्यकालमा मित्र राष्ट्रहरुसंग सुमधुर सम्बन्ध स्थापना र निरन्तरताको लागि कुनै कसर बांकी नराख्ने बताउनुभएको छ ।dr mahat

परास्ट्र मन्त्री डा. महतको स्वागत तथा सम्मानमा नेपाली जनसंपर्क समिती, अमेरिका केन्द्रिय समितिले एक भब्य कार्यक्रमको आयोजना गर्ने भएको छ । सभापति आनन्द बिष्टले मन्त्री डा. महतको स्वागत, सम्मान तथा अन्त्रकृया कार्यक्रमको समयमा सहभागी हुनुहुन सम्भव भएसम्मका सम्पूर्ण नेपाली समुदायलाई आग्रह गर्नुभएको छ ।
सभापती बिष्टद्दारा प्रेशित बक्तब्य :

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,
जय नेपाल |
हाम्रो मातृपार्टी नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं नेपाल सरकारका परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महत संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क आउन लाग्नु भएको बारे जानकारी गराउन चाहन्छौं | अमेरिका आगमनको अवसर पारेर नेपाली जनसम्पर्क समिति,अमेरिका केन्द्रीय समितिले पार्टीका नेता एवं मन्त्री महतको सम्मानमा निम्न मिति,समय र स्थानमा स्वागत एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको छ |
तसर्थ न्यूयोर्क क्षेत्रमा क्रियाशील समुदायका सबै संघ,संस्थाका प्रमूख एवं प्रतिनिधिहरु,संचारकर्मी मित्रहरु,विभिन्न पेशा र व्यवसायमा आवद्ध समुदायका अग्रज व्यक्तित्वगण, नेपाली जनसम्पर्क समितिका न्यूयोर्क आसपास रहनु भएका सबै केन्द्रीय पदाधिकारी,सदस्य,च्याप्टर पदाधिकारी र सदस्य एवं शुभेच्छुकहरु सबैलाई यसै सूचनामार्फत कार्यक्रममा उपस्थित भै दिनु हुन नेपाली जनसम्पर्क समिति,अमेरिका परिवारका तर्फबाट हार्दिक अनुरोध गर्दछु |

कार्यक्रम:
मिति: सेप्टेम्वर १८ , २०१६ आइतवार
समय: साँझको ठीक ६:३० बजे
स्थान: शेर्पा किदुंगको हल, ज्याक्सन हाइट्स, न्यूयोर्क
41-01 75th St, Queens, NY 11373

जय नेपाल ।
आनन्द बिष्ट
सभापति
नेजस, अमेरिका, केन्द्रिय समिती ।

SHARE