२०८१ वैशाख १३ गते | 25th of April 2024

डाक्टर पौडेलले मेरो पिँडालु बारी फॉंडेका छैनन

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ७ गते १३:२६

शान्तिराम ढकाल
लस एन्जलस, अमेरिका ।

एनआरएनएको आठौं सम्मेलन काठमाण्डौमा भरखरै सम्पन्न भएको छ र एनआरएनले जितेको छ रआपसी सद्भाव चुनावी तालमेल हल्लाहरु जित को हारको प्यानल आदि कुराहरु चुनावमा हुनु स्वभाविकै हो परिणाम पछी ति कुराहरु स्वभाविक रुपमा हराउनु पर्छ र हराउँदै जानु पर्छ , प्रतिश्पर्धा हुनु पर्छ प्रजातन्तिक मान्यता हो प्रत्येक नेतृत्व चयनको प्रकृया हो । परिणाम एनआरएनएको आएको छ सम्पूर्ण विजयी नेतृत्वलाई ‘कार्यकाल सफलताको शुभकामना’ ।

अब कुरो अलिकति बटारौं, कुरो एनआरएन अमेरिकाको मात्र गरौं आफ्नो धवरातलको अस्तित्व समाप्त पार्ने गरि चुनावमा चैं पक्का पनि होमिनु हुन्न यहॉँ निर एनआरएन अमेरिका चुकेकेा देखिन्छ र यसको सम्पूर्ण जिम्बेवार एनआरएन अमेरिकाको नेतृत्वले लिनु पर्छ ।
हो हिजो आन्तरिक चुनावी प्रतिषपर्धामा हामीले अमेरिकी भूमी भित्र गतिलो अभ्यास गर्यौं आपसी लॉंच्छनाहरु बोक्यौं केही ग़लत पनि गर्यौं होला काखा र पाखाका प्रसस्त कसरत पनि गर्यौं अनि कसैका लागि महान विजयको खुसी र कसैका लागि कष्टदायी हारको घाउ एनआरएन अमेरिकी चुनावले बोकायो अदालतमा डिठ्ठा बाजेको बाट फर्किएको अमेरिकी एनआरएनए दुधमा बेकींग सोडा हाले जस्तो भएर उम्लियो ।

यहॉँ निर एउटा अस्वभाविकताले हामीलाई पिरोल्यो किनकी हामी हार्न जान्दैनौं हार्न नजान्नेले अर्कोले जितेको मान्दैन र हामी अतिनै संकुचनमा पिडा बोकेर सम्मेलनका उम्मेद्वार र मतदाता भएर सेखि झार्न लागि पर्यौं किनकी हामी हाम्रो आन्तरिक झगडालाई अन्तर्राष्ट्रीयकरण गर्न आतुर भयौं अनि आफ्नै दम्भको डढेलोले आफ्नै अनुहार ध्वँसे पारेर अमिलो चुक चाटेर फर्कियौं ,हामीले हार्यौं एनआरएनले जित्यो । स्वाभाविक हो व्यक्ति गौण हुन्छ संस्थामा तर संगठन गरे पछि नेतृत्व पनि लिन सक्नु पर्छ आफ्नो दरो उपस्थितिको परिणाम प्रस्तुत गर्न सक्नु पर्छ अनि मात्र संगठनमा आफ्ना एजेण्डाहरु लागु गर्न सकिन्छ ।

एनआरएन अमेरिकामा हामी कहॉँ चुक्यौं त त्यसको विश्लेषण हुनु अति ज़रूरी छ किनकी एउटा सम्मेलन र एउटा परिणाम मात्र यसको गन्तव्य होईन ,भविष्यको सुनिश्चितता तपॉंई हामीमै छ हामीले नै यसको थालनी गर्नु पर्छ र जो सवाल परिणाममुखी हुनु पर्छ , अब त्यसको लागि पहल हुनु पर्छ र त्यसको निराकरणको बाटो समातेर बैतरणी तर्ने कि नतर्ने तपॉँई हामीले निर्णय गर्नु पर्ने देखिन्छ र विषयको गहन ज़िम्मेवारी एनआरएन अमेरिकी नेतृत्वले लिनु पर्छ ।

ब्यक्ति दोषको अहंकारले समग्र संगठनको ठॉंचामा ऑंच नआवोस अब छलफल हुनु पर्छ र त्यसको लागी हिजोको हिलो पुछेर सबै एक ढिक्का भएनौं भने अमेरिकाको हातमा पुच्छर बाहेक टाउको नेतृत्व कसैले ला तेरो पालो भनेर दिने छैन दिनु पर्छ भन्ने पनि छैन किनकी अबको एनआरएनए फक्री सकेको छ यसलाई मलजल गर्ने कुशल सक्षम माली लाइनमा लामबद्ध लागिसकेका छन आफ्नो माली पटक पटक यसले ऑँफै खोज्ने छ तर अमेरिकी नेतृत्व अहिले सम्म टाईटानिक अवशेषमा अडकिएको छ तपॉंई हामीले यसलाई दुर्घटना बाट जोगाउनुपर्छ ।
अब कुरा गरौं डाक्टर पौडेलको अमेरिकी एनआरएन नेतृत्वमा कसरी आए कसरी उपस्थिति जमाए त्यो सबै तपॉंई हाम्रै उपजको परिणाम हो अनि कसरी रोपियो कसरी मलजल गरियो त्यो तपॉंई हाम्रै उपस्थितिमा किटनाशक प्रयोग गरेर फूलायौं फलायौं अनि भन्यौं यो गन्हायो , अनि हामीले यति सोचेनौं उ गन्हाउदा हामी पनि गन्हाउछौं ढयॉंग्रो ठोकेर हिजो अबिर जात्रा गर्यौं तपॉंई हामी ले दलेर गाढ़ा भएको त्यो रंग उप्किएन अनि भन्यौं त्यो धोएर आईज ,सम्भव छैन आजै जॉंदैन । सबै बसौं त्यसलाई पखालौं , अनि कोकोहोला मच्चायौं डाक्टर नभइ हुँदैन फेरी भन्यौं डाक्टरले काम गरेन ईन्जिनियर ल्याउँ ,कम्पाउण्डर ल्यॉंउ- हामीले पाल्सी कुरा गर्यौं यो यति कारण ठिक यो यति कारणले बेठीक भन्नै सकेनौं अनि बिजय घोषित हुँदा पनि हामीले अझै स्वीकारेनौं किनकी हामी हार्न जॉन्दैनौ हामीले हार्नु हुँदैन त्यही अहँमवादले हामीलाई पटक पटक हराई रह्यो तर पनि हामी हार्नै मान्दैनौ ।

अब कुरा आठौं सम्मेलनको :
डाक्टर पौडेलसंग लामै फ़ेहरिस्त थियो कन्भेन्सन प्रतिनिधीको ,जाने नाम भएका जान सकेनन गइसकेकाले आँफु दर्ता हुन सकेनन कारण अमेरिकी नेतृत्वको कमज़ोरी थियो त्यो चुनाव अघि सम्म सबै देशकाले प्रतिनिधी पास गरे हामी चुक्यौं किनकी त्यहॉँ पनि पेन ड्राइवको भूत पछाड़ी पैताला गरेर उफ्रियो अनि अर्को सहानुभूतिको पुरस्कार थापेर जे भए पनि अलिक मसिनो पेनड्राइव फुत्त छिर्यो । तर हिजोको फसबुके रुवाईको सहानुभुतीले एनआरएनए थाम्दैन निकै खारिनु पर्छ ।

रातो दिन जनताको सेवा गर्ने बिचरा वकिल साहब फुत्त बाहिरिनु भो किनकी वहॉंको सेवालाई पहिल्यै भोट हालिसकेका रहेछन जनताहरुले चर्चा त्यही चल्यो भन्दै थिए हामी नोट पनि अनि भोट पनि दुबै चीज़ त दिन सक्दैनौं वकिल साहब ! पेशालाई सेवा भन्ने भ्रममा नपरेको भए हुन्थ्यो ,जे होस त्यो वहॉंको हक़ अधिकारको कुरा हो हार्न पाँउनु पर्छ तर पटक पटक हार्दा कहॉँ चुक्यौं एेना पनि हेर्ने गर्नु पर्छ । अनि अन्तर्राष्ट्रीय संजालमा उठनेले कम्तिमा आफ्नो देशको प्रतिनिधी सम्म चिन्न सक्नु पर्छ , वहॉंले चिन्न नखोजेको गुनासो हयात रिजेन्सीमा पोखिएको प्रशस्त भेटियो प्रचार गर्नेले भन्दै थिए राजेश हमालको भिनाजुलाई भोट दिनु होला ।
अमेरिकी भूमीको प्रतिशोधलाई हठातमा ऊम्मेद्वारी दिएर अर्को महान काम गरिन विचरा नारी वेदनाले के गर्नु प्रतिशोध साटेर हामी ऑंफैं नासियौं हामी ऑंफैं मासियौं ।

एउटा कुरामा चैं हामीले विजय हासिल गर्यौं यि हाम्रा अन्तर कलहहरुलाई हामीले अन्तर्राष्ट्रीयकरण गर्न सफल भयौं र त्यो कलहको पानमसला डाक्टर पौडेलले चबाउदै भित्तामा थुक्दै मुसुक्क हाँसीरहेका होलान ।
अब पनि केही बिग्रेको छैन हार स्वीकारौं एक ठॉँउ भएर एनआरएनएको सवल नेतृत्वको खोजी गरौं त्यो हामी विच बाटै हुने हो । डाक्टर पौडेलले कसैको पिँडालु बारी फाँडेका छैनन होला मेरो त फॉंडेका छैनन तर बाटोचैं राजमार्ग छोडेर लाग्छ सीधै ओरालो झर्दैछन यदि त्यस्तो छ भने पनि कैंची होईन डाक्टर साहब सियो धागो बोकेर अमेरिकी एनआरएन सिलाउन तिमीलेनै लाग्नु पर्छ , एक्लै कुदेर फेरी पनि जबरजस्तिले जितौला तर अमेरिकी एनआरएनले सदैव हारिरहने छ ।
#जयएनआरएनए#

लेखक अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय कोशाध्यक्ष हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *