अमेरिकाको टेक्सास राज्यको डालस शहरमा भास्तिका-डालस गुर्खाज फुटबल क्लबको आयोजनामा हिजो भएको एकदिवसिय “फाईभ ए साईड” फुटबल प्रतियोगितामा लस एन्जलसबाट बिगत लामो समयदेखी फुटबल खेल्दै आईरहेको एल ए- ११, लस एन्जलस टिम दोस्रो हुन सफल भएको छ । आयोजक गुर्खाज क्लब र लस एन्जलस बिच भएको फाईनल खेलमा डालस गुर्खाज ले २-१ गोल को नतिजा सहित पांचौं दशैं कप फुटबल विजेता बन्न सफल भएको एलए – ११ टिमका क्याप्टेन विश्व सुवेदीले जनाएका छन ।

प्रतियोगितामा सहभागी कुल १७ वटा टिमको प्रतिस्पर्धा रहेकोमध्य स्थानिय डलासबाट १६ र बाहिरी राज्य भने लस एन्जलसको एक मात्र टोलि एल ए – ११ लस एन्जलस सहभागी रहेको थियो । आयोजकको मायामा हार्दिक हौसला प्रदान गर्न र प्रवासमा छिमेकी राज्यका स्वदेशी मित्रहरुबिच भाईचारालाई अझ बलियो बनाउन एल ए – ११ हरेक वर्ष डालस लगायत अन्य राज्यहरुमा आयोजना हुने प्रतियोगिताहरुमा निरन्तर सहभागी हुंदैआईरहेको छ । गत अप्रिल मा पनि ‘सेवेन ए साईड ‘ मा भाग लिन पनि एलए – ११ डालस गएको थियो ।

आफ्नो स्थापनाको एक दशकको ईतिहासमा एल ए – ११, फाईनलमा प्रवेश गरेको यो पहिलो अवसर रहेको जनाउंछन, टोले नेता सुबेदी । कप्तान विश्व सुवेदी (बास बिस्सु)को संयोजनमा खेलाडीहरु प्रज्ज्वल शाक्य, रोनाल ढुंगेल, हेमन्त श्रेष्ठ, लक्षमण शाही, शरद बस्नेत, बिबेक तामांग र राजिब खत्रीको उप-विजेताको उपाधी सहित नगद ८००।०० डलर पुरस्कार प्राप्त गरेका छन् । लिग खेलको पहिलो खेलमा ३-०, दोस्रो खेलमा १-१, क्वाटर फाईनलमा ३-१, सेमीफाईनलमा पेनाल्टीमा जितेको एल ए – ११ ले फाइनलमा २-१ को नतिजा सहित उप-विजेता हुन सफल भएको थियो । ।

 

 

SHARE