विजया दशमी २०७३ सालको पावन अवसरमा सम्पूर्ण डालास र वरपर बसोबास गनुॅहुने नेपाली दाजुभाई दिदीबहिनीहरु, स्वदेश तथा बिदेशमा रहनु भएका नेपाली दाजुभाई दिदीबहिनीहरुमा माता भवानीले औसीको कालो रात पछिको चन्द्रमा नभएर पूर्णिमाको जुन सरी हजुरको भाग्य चम्काइरहुन् ।
शिशिरमा बगैंचामा फूलहरू फुले सरी हरेक पलहरू खुसी उमङ्ग जीवन अनि जिन्दगी रङ्गी विरङ्गी होस् । आखाँका नानीहरूमा पीडाको आँशु नबगी खुसीको आँसुले भरिभराउ होस् । मनमा सजायँका हरेक आशा अभिलाषाहरू हाँसी खुसी पूरा होस् ।
हरेक पलमा लागेका शत्रुहरुको नियतमा कालो बादल मडारिरहोस् ।हरेक मित्रतासँग हात मिलोस् । दु:ख सुख बाँड्ने भावना ओइरो लागिरहोस्। जुन वितेका हरेक दु:खका क्षणहरूका दिनहरु बगेका हरेक महिनाहरू गनेका हरेक सालहरूलाई विर्सिएर नयाँ खुसी नयाँ नयाँ भावना उमङ्गको सृष्टि होस् भन्दै नेपाली समाज टेक्सास परिवार र मेरो तफॅबाट हार्दिक मङलमय शुभकामना व्यक्त गर्दछु ।
साथै यही आउदो अक्टूबर ८ गते नेपाली समाज टेक्सास को आयोजन मा निम्न स्थान र समय मा शुभकामना आदान-प्रदान, सांस्कृतिक कार्यक्रम र दशै भोज हुन गइरहेको ले उपस्थित भई भबयताका साथ दशै मनाउन अनुरोध गदॅछौ।

स्थान: लस लोमस बैंकट हल ३७६१ अविॅग मल
समय: सांझ ६:३० देखी बिहान १:बजे सम्म
शुल्क: $२०•०० (भोजन समेत )

SHARE