नेपाली चलचित्र ईतिहासमै अत्यन्त सफल मानिएको चलचित्र ‘छक्का पन्जा’ भोली लस एन्जलस शहरमा प्रदर्शित हुंदै छ । दिपाश्री निरौलाको निर्देशनमा निर्मित हास्य चलचित्र ‘छक्का पन्जा’ मा टेलिभिजन र ठुलो पर्दामा स्थापित हास्य कलाकारहरुको अभिनय रहेको छ ।
फ्रेन्डस अफ नेपाल, लस एन्जलसको पहलमा प्रदर्शन हुन गैरहेको चलचित्र हेर्नका लागि यस क्षेत्र वरपर बसोवास गर्ने सम्पूर्ण चलचित्रप्रेमीहरुलाई उपस्थितीका लागि फ्रेन्ड्स अफ नेपालका अध्यक्ष मुकुन्द ढुंगानाले अनुरोध गर्नुभएको छ ।