पोखरा, कात्तिक १२ ।
लेखनाथको विजयपुर स्थित योङ स्टार क्लवको आयोजनामा प्रथम बिजयपुर खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवको विहिबार एक कार्यक्रमका बीच भगवती हाईड्रो पावरका निर्देशक बसन्त मोहन भट्टराईले उद्घाटन गरे । उद्घाटन पछि बोल्दै उनले खेलकुदको माध्यमबाट युवाहरुमा भाईचाराको विकास हुने बताए । राष्ट्रिय एकताका लागि खेल क्षेत्र महत्वपूर्ण भएको भन्दै उनले यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने बताए । उनले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रम अन्तर्गत मुख्य आकर्षणको रुपमा रहेको खुल्ला पुरुष सेभेन ए साइड फुटवल प्रतियोगिताका खेलहरु भएका छन् । पहिलो दिन ५ वटा खेल सकिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा माछापुच्छ«े फुटवल क्लवले नव खुदली क्लवलाई ३–१ गोल अन्तरले पराजित ग¥यो । दोश्रो खेलमा चिसापानी एफसीले सम्पदा एफसीलाई ३–२, तेश्रो खेलमा एफसी ककटेलले तनहुँ गाँछेपानीलाई टाईब्रेकरमा २–१ तथा चौंथो खेलमा रामु मेमोरियलले सुन्दरी बजारलाई २–० गोल अन्तरले पराजीत गरेको छ । विहिबार भएको अन्तिम खेलमा शितलादेवी फुटवल क्लवले शिशुवा फुटवल क्लवलाई ३–२ गोल अन्तरले हरायो ।
प्रतियोगितामा ३४ टीमको सहभागिता छ । महोत्सवमा सेभेन ए साईड फुटबल सँगै छेलो, ठेलो, भेट्रान्स दौड, दौड, भेट्रान्स फुटवल लगाएतका प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ । सेभेन ए साईड फुटवल प्रतियोगिता तर्फ पहिलो हुनेले ६५ हजार ४ सय ३२ रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोश्रो हुनेले ३४ हजार ५ सय ६७ रुपैयाँ पुरस्कार पाउनेछ । महोत्सवमा सञ्चालन हुने प्रत्येक विधाका उत्कृष्ट खेलाडीहरु र सेभेन ए साईड तर्फको उत्कृष्ट गोल गर्ने खेलाडीलाई पनि पुरस्कारको ब्यवस्था गरिएको मुल संयोजक तथा क्लवका अध्यक्ष सुवर्ण बरालले जानकारी दिए ।  खेलाडी उत्पादन र युवाहरु बीचको समन्वय विस्तारका लागि प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।

SHARE