पोखरा, कात्तिक १८ ।
‘तरकारीवाली’ ह्यासट्याग का साथ नाम्लोमा तरकारीको भारी बोकेर झोलुङ्गे पुल तर्दै गरेकी एक नेपाली चेलीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। सुन्दर अनुहारमा मन्द मुस्कानका साथ तरकारीको भारी बोकेर पुल तर्दै गरेको उनको तस्बिरलाई समामाजिक सञ्जालमा धेरैले मन पराएका छन्। साथमा खुला बजारमा तरकारी पसल राखेर तरकारी बेच्दै गरेको अर्को तस्बिर पनि साथै सामाजिक सञ्जालमा छाएको छ।
सुन्दर पहाडी इलाकाको कुनै गाउँबाट तरकारी बोकेर झोलुङ्गे पुलमार्फत बजारमा लगेर तरकारी बेच्ने काम गर्ने युवती हुन् भन्ने तस्बिरबाट अनुमान लगाउन सकिन्छ ।
यसअघि, पाकिस्तानका एक चिया बेच्ने केटा आफ्नो नीलो आँखाका कारण इन्टरनेटमा भाइरल बनेका थिए। उनलाई मोडलिङको अफर समेत मिलेको थियो। यसैगरी भाग्यले साथ दिएपछि उनी चिया बेच्नेबाट मोडल बने। उनी सिनेमा पनि देखिने तयारी गर्दैछिन् भन्ने खबर पनि आउन थालेको छ।
के इन्टरनेटमा भाइरले भएको तरकारीवालीको तस्बिरले पाकिस्तानी चियावालाको जस्तै उनको पनि भाग्य बदल्न सक्ला त रु के उनलाई उनको भाग्यले तरकारी बेच्ने केटीबाट एक मोडल वा सेलिब्रेटी स्टार बनाउन सक्ला ?
आखिर कहाँकी हुन् त यी परिश्रमी युवती
यी परिश्रमी युवतीको घर गोरखाको भुम्लिचोक गाविस वाङ्लिङ हो । उनको नाम कुशुम श्रेष्ठ हो र उनी कक्षा ११ की विद्यार्थी हुन् । तर उनलाई आफू भारतमा यसरी एकाएक चर्चित भएको खबर सायदै थाहा होला ।
यो तस्बिर चार महिनाअघि गोरखा र चितवनकोबीचमा रहेको त्रिशूली नदीस्थित फिस्लिङ झोलुङ्गे पुलमाथि पर्यटन व्यवासायी रुपचन्द्र महर्जनले खिचेका हुन् ।
पर्यटकहरुका लागि त्रिशूलीमा र्‍याफ्टिङ पनि सञ्चालन गर्दै आएका चाबहिलस्थित पर्यटन व्यावसायी रुपचन्द्र महर्जनले कैद गरेका तस्बिर उनैले फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।
पाकिस्तानी चियावाला अरसद खानजस्तै यी युवतीलाई पनि रुपचन्द्र र उनका साथी फोटो पत्रकार रुपचन्द्र महर्जनले क्यामेरामा कैद गर्न सफल भएका थिए ।
ुहामी दुबैले यो फोटो धादिङ र गोरखाको सीमानामा कैद गरेका थियौुं, फोटो पत्रकार रुपचन्द्रले भने, ुसाथीले यी फोटो फेसबुकमा हाल्नु भएको रहेछ, तर भारतीयहरुसम्म यो फोटो कसरी पुग्यो भन्ने कुरामा हामी भने आश्चर्यमा परेका छौं ।ु
रूपचन्द्रका अनुसार यी तस्बिर घुम्न जाने क्रममा ख्याल ठट्टामै कैद गरिएको हो । गोरखा र चितवनको बीचमा बनेको फिस्लिङ झोलुङ्गे पुल र चितवनतर्फको बजारमा कैद यी तस्बिरमा रहेकी युवतीको परिश्रम र उनको सरल स्वभावलाई भारतीयहरुले पनि अनुकरण गर्दै उनलाई चर्चित बनाइरहेको समाचार भारतीय सञ्चारमाध्यमले पनि प्राथमिकता दिएर लेखिरहेका छन् ।
भारतीय सञ्चारमाध्यमले ट्वीटर प्रयोगकर्ताहरुले उनकोबारेमा प्रशंसाको फूल बर्साइरहेको जनाएका छन् । उनको सरलपना, सुन्दर अनुहार र मिलेको शरीरका कारण उनलाई ुआदर्श युवतीु को स‌ंज्ञा पनि दिइरहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
फोटोमै हेरेर आफ्नो बनाउनका लागि उनको ठेगना पत्ता लगाउने कोशिमा ट्वीटर प्रयोगकर्ताहरुले खोजी अभियान नै चलिरहेको समाचारमा जनाइएको छ ।
भारतीयमाझ एकाएक ुहिटु बनेकी यी नेपाली युवतीको भाग्य के अब पाकिस्तानी चियावाला जस्तै बद्लिएला त रु या उनी गोरखाकै गाउँमा गुमानम भएर बस्नेछिन् रु उनी पनि अशरद जस्तै रातारात मोडल या सेलिब्रेटी बनेर आफ्नो भाग्य चम्काउन सक्छिन् या सक्दिनन्, त्यो समयले बताउला।

SHARE