सुदिप पन्त, अमेरिका ,लसएञ्जलस, ३ नोभेम्बर / अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको जन सम्पर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरले हरेक वर्ष गर्दै आएको बनभोज कार्यक्रम यो वर्ष नोभेम्बर महिनाको १३ तारिख आइतबार गर्ने भएको छ। अमेरिकाभित्र रहेका नेपाली समुदाय माझ विभिन्न संघसस्थाले आयोजना गर्ने बनभोज कार्यक्रम मध्य अत्यन्त ठुलो र व्यापक जमघट हुने गरेको जन सम्पर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरको आउँदै गरेको बनभोज कार्यक्रमको लागि तयारी तीव्र पारिएको सस्थाको सभापति मदन पाठकले जानकारी दिनुभयो।
कुनै पार्टी विशेषमा आस्था राख्ने समूह भन्दा बाहिर गएर यस क्षत्रभित्र रहेका सबै नेपाली आमाबुवा, दाजुबहिनी एब नेपाली परिवारलाई एकत्र पारेर भाईचारा ,बन्धुत्व एब प्रगाढ सम्बन्ध बिस्तारको लागि बनभोज गर्ने गरेको केन्द्रीय सदस्य एब केन्द्रीय प्रचार विभाग प्रमुख गोकुल ढकालले बताए ।
लस एन्जलसका हरेक सङ्घ संस्थाका कार्यक्रममा सहयोग पुर्याउदै आएका स्थानीय सक्रिय युवा एब पिकनिक कार्यक्रमका संयोजक नवीन पोख्रेल विभिन्न समिति र उपसमितिहरु निर्माण गरेर आफुहरु बिशुद्द मनोरंजन प्रदान गर्न लागिपरेको बताए ।
विगतका पिकनिक देखि नै सक्रिय सहभागिता जनाउदै आएका च्याप्टरका उप-सभापति रेख उप्रेती उपलब्ध भएका मध्यबाट सबैलाई पायक पर्ने Robert White Park, 12120 Hoxie Ave, Norwalk, CA 90650 मा पिकनिक कार्यक्रम हुन गइरहेको जानकारी दिए ।
पिकनिकको खर्च आयोजक समितिले व्यवस्थापन गर्नेछ भने पिकनिकमा सहभागीहरुको लागी प्रवेश निःशुल्क गरिएको छ । अमेरिकामा आयोजना हुने कार्यक्रममा जाँदा पहिला बोलायर अप्रत्याशित रूपमा पैसा उठाउदै आउने परम्परालाई तोड्दै सङ्घ-संस्था लगायत व्यक्तिले समेत सो दिन पिकनिक स्थलमा सहयोग वा अन्य कुनै नाममा पैसा उठाउन नपाउने योजना बनाएको छ ।
यो भन्दा अगाडि गरिएको बनभोज कार्यक्रममा न्यु योर्क ,टेक्सस ,भर्जिनिया ,न्यु मेक्सिको ,सन्फ्रन्सिस्को लगायतका राज्यहरुबाट पनि विभिन्न ब्यक्तित्वहरुको उल्लेखनीय सहभागिता रहेको थियो । विशेष गरी स्थानीय संघसस्था एब नेपालीहरू बिच आपसी सम्बन्ध बढाउन र जन सम्पर्क समितिको केन्द्रमा रहेका केन्द्रीय हस्तिहरु बिचको तिक्तता हटाउन, बिग्रिएको सम्बन्धलाई पुनर्स्थापित गराइ एकताको सूत्रमा बाधिन यो आउँदै गरेको बनभोज कार्यक्रम कोशेढुंगा हुने जन सम्पर्क समिति अमेरिकाको महाधिवेशन प्रतिनिधि हेमराज भट्टले बताउनुभयो । सो सस्थाले आयोजना गर्ने गरेको बनभोज कार्यक्रममा विभिन्न उमेर समूहलाई सुहाउने खेलहरू खेलाइने ,बिङो सहित नाचगान समेत हुने भएकोले अधिकांश नेपालीहरूले सहभागिता जनाउने गर्छन् ।
त्यसै गरी नजिक आउँदै गरेको एनआरएन अमेरिकाको चुनाव, जन सम्पर्क समितिको चुनाव, स्थानीय संघसस्थाहरुको चुनाव जस्ता कारणबाट र लसएञ्जलसमा बढीरहेको व्यापक नेपालीहरूको सङ्ख्याको कारणले पनि यो वर्ष हुन लागेको बनभोज कार्यक्रममा हजारको हाराहारीमा उपस्थिति हुने अनुमान लगाइएको छ।
श्रोत:हिमालीपोस्ट
SHARE