नेपाली राजनीतिमा आशा जागेका अौंलामा गनिन सकिने केही राजनैतीक नेता मध्यका एक प्रखर वक्ता, विचारक र चलायमान नेता संसारमा जुवाको राजधानीले प्रख्यात नेभाडा राज्यको लस भेगस पुगेका छन । पारिवारिक भ्रमण र अमेरिकी चुनावको पर्यवेक्षणका लागि श्रीमती कबिता शर्माका साथ चार महिना लगत्तै अमेरिका आईपुगेका शर्मा दम्पती क्यालिफोर्निया राज्यको लस एन्जलस, एरिजोना राज्यको फिनिक्स हुंदै नेभाडा राज्यको लस भेगस पुगेका छन ।
शर्माको भ्रमण र जनसंपर्कको आशा :
छ सय सभासदमा धेरै कांग्रेसी सभासद, कांग्रेस पार्टीका केन्द्रिय नेताहरु र पार्टीको कुनै न कुनै हांगामा रहेकाहरुको अमेरिकाको भ्रमणको लगातार शिलशिला अहिले महिनामा न्युनतम दुई जनाको देखिएको छ । पछील्लो समयमा अमेरिकामा रहेको पार्टीको भात्री संगठन नेपाली जनसम्पर्क समिती, अमेरिकाको विवाद मिलाउने नाममा ती शिलशिलेहरुले नेपाली कांग्रेस पार्टीको ‘आधिकारीक चिट्ठी’ लिएर अमेरिका उत्रने फेशन मौलाएको छ । केही आधिकारीक पक्कै होलान, तर चार तारा पोतिएको खाली कागजको खोस्टोमा अधिकारिकता छिपेको यो फेशन बनेको पनि पक्कै हो ।

एक रुपैंया तल माथी नभएको संगठनमा बि पि का चेला र तिनका हिमायातीहरु विच देखिएको ‘विवाद’ का नाममा धेरै नेताहरु अमेरिका आए । ज्याक्सन हाईटमा चिया पिए, डालसमा लन्च गरे र क्यालिफोर्नियामा डिनर गर्दै नेपाल उडे । तर ‘विवाद’ जहिंको तहीं छ ।
वाककला, लेखन, विचार र ईमान्दारितामा गगन, प्रदिप र नैनसिंहका गुरु आशालाग्दा विश्वप्रकास शर्माको निजी अमेरिकी भ्रमण ‘कागजमा पार्टीको आधिकारिकता’ बोकेर त्रिभुवन बिमानस्थल छोड्नेहरुको भन्दा बढ्ता शक्तिशाली छ । के आफ्नै संस्थाभित्रको मिलानका लागि मध्यमार्गी शर्माको भूमिका कार्यकर्ताहरुले खोज्ने अधिकार छैन ? एउटा प्रवासी आफ्नै संस्थाको मिलानको लागि कुन चाँहीं लोकमानको डर छ र शर्मालाई ? नेपाल बिद्धार्थी संघको ईतिहासमा सर्वाधिक चर्चित, शालिन, बौद्धिक, जिम्मेवार र वैधानिक संगठन कालका अध्यक्षको ‘निजी भ्रमण’ को निगरानी हरेक प्रवासी कार्यकर्ताले गरेका छन ।
१२ दिनसम्म लम्बिएको नेपाल बिद्धार्थी संघको विवाद मिलाउन मध्यस्तता गर्ने, प्रचार बढी नचाहने एवम साहित्य र संगितका अर्का हस्ती शर्माबाट गरिने आशा उनका करिव दुई साताका दिनहरुले बताउने छन ।

त्यसो त, नोभेम्बर सात तारिख, सोमवार शर्माको प्रमुख आतिथ्यतामा नेपाली जनसम्पर्क समिती, अमेरिका, नर्दन क्यालिफोर्निया च्याप्टरले एक कार्यक्रम गर्ने ‘फिक्स्ड’ भएको फेसबुकमा देखिएको छ । साथै नेताहरुको प्रथम पाईलास्थान न्यूयोर्क पनि शर्मा पुग्ने थाहा हुन आएको छ ।

यात्राको क्रममा लस भेगसमा शर्मालाई युवा नेता स्थानिय प्रकाश ज्ञवालीले साथ दिईरहेका छन ।

SHARE