पोखरा, कात्तिक २८ ।
नेपाल तरुण दलको महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु भएको छ । पोखरा सभागृह सुरु भएको बन्दसत्रमा विभिन्न विषयमा छलफल सुरु भएको छ । ‘बीपीको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन’ भन्ने नाराका सुरु भएको महाधिवेशनमा नेतृत्वका लागि कांग्रेस नेताहरुले भागबण्डा गर्ने तयारी गरेको नेताहरुले बताएका छन् ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलाबीच पदाधिकारीमा भागबण्डाको पहल भइरहेको काग्रेसका नेताहरुले बताएका छन् । अध्यक्षमा देउवा निकट जीतजंग वस्नेतलाई अध्यक्ष बनाउन सहमति खोजीएको नेताले बताए ।
महासचिबमा रामचन्द्र पक्ष र कोषाध्यक्ष सिटौला पक्षलाई दिइ मिलाउने प्रयास थालेको एक नेताले बताए । तर सिटौला पक्ष भने चुनाव मै जाने बताइ रहेको छ । केन्द्रिय सदस्य देखि प्रदेश संयोजक लगायतमा सबैमा त्रिपक्षीय रुपमा बाँडफाँड गर्ने तयारी रहेको छ ।
यस अगाडी देउवा र सिटौला विच सहकार्य हुदै आए पनि यो पटका भने रामचन्द्र पक्ष र देउवा पक्ष विच सहकार्य अगाडी बढेको नेताहरुको भनाई छ । कांग्रेसका भातृसंस्था नेविसंघ र महिला संघका महाधिवेसनमा देउवा र सिटौलाले एउटै प्यानल बनाएर चुनावमा गएपछि पौडेल पक्ष प्यानलको उपस्थिति न्यून हुँदै गएको थियो । सोमबार सम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व सहित ७५ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ । सोमबार निर्वाचनका कार्यक्रम भए पनि अहिले सम्म निर्वाचन तालिका सार्वजनीक भएको छैन ।
सभागृह हल भित्र बन्दसत्र सुरु भएसँगै वाहिर गेटमा नारावाजी पनि सुरु भएको छ । जिल्ला अधिवेशन सम्पन्न गर्न नसक्दा महाधिवेशनमा सहभागी हुनबाट बञ्चित भएका धादिङ जिल्लाका कार्यकर्ताहरुले नारावाजी गरेका हुन् । उनीहरुले बन्दसत्र तत्काल रोक्नुपर्ने र आफुहरुले पनि सहभागीता जनाउन पाउनुपर्ने माग सहित नारावाजी गरेका हुन् ।
आन्तरिक विवादको कारण जिल्ला अधिवेशन सम्पन्न गर्न नसकेका जिल्लालाई कात्तिक २४ गतेसम्मको समयसिमा दिएपनि अधिवेशन हुन नसकेपछि उनीहरु महाधिवेशनको प्रतिनिधि हुनबाट वञ्चित भएका थिए । विवादको कारण ७० जिल्लाका जिल्ला, क्षेत्र र नगर प्रतिनिधि तथा अन्य तीन जिल्लाका क्षेत्र र नगर प्रतिनिधि गरी ७३ जिल्लाका प्रतिनिधि बन्दसत्रमा सहभागी छन् । जिल्ला, क्षेत्र र नगर कुनैपनि अधिवेशन गर्न नसकेका कारण दुई वटा जिल्लाका प्रतिनिधि सहभागी हुन पाएका छैनन् । तीन वटा जिल्लाका क्षेत्र र नगर प्रतिनिधि मात्रै सहभागी छन् । जिल्ला अधिवेशन हुन नसकेका कारण ती जिल्लाका जिल्ला प्रतिनिधि महाधिवेशनमा सहभागी छैनन् ।

SHARE