नेपाली चलचित्र छक्का पन्जा – लस एन्जल्समा तेस्रो पटक प्रदर्शन हुँदैछ । नेपाली चलचित्र ईतिहासमा सर्वाधिक रुचाईएको र ब्यवसायिक रुपमा पनि सर्वाधिक सफल चलचित्र छक्का-पन्जा तितो सत्य टेलिसिरियलका चर्चितद्द्य दिपाश्री निरौलाको निर्देशन र दिपकअराज गिरिको निर्माणमा नेपाली रजतपटमा छाउन सफल भएको छ ।
ग्रेटर लस एन्जलसको एउटा प्रभावकारी संस्था नेपाल अमेरिका एकता समाजको आयोजनामा प्रदर्शन हुन लागेको छक्का पन्जा आम यस अघि लस एञ्जलस मा दुइ पटक प्रदर्शित भै सकेको छ । दुई दुई पटक प्रदर्शन भैसक्दा पनि छुट्न पुगेका स्थानिय चलचित्रप्रेमीहरुको चाहना बमोजिम तेस्रो पटक पुन: प्रदर्शन गर्न लागिएको संस्थाका अध्यक्ष सुर्य प्रसाईंले बताउनुभएको छ ।
नोभेम्बर २० तारिख आइत बार साँझ ८ बजे Whittier Village Cinema मा प्रदर्शन हुने सो चलचित्र यस अघि दुवै शोमा हाउस फुल भएको थियो ।
नेपाल अमेरिका एकता समाजले यस अघि छक्का पन्जा हेर्न छुट्नु भएका सबै समुदाय सदस्यहरुलाई सो चलचित्र हेर्न हार्दिक अपिल गरेको छ । हास्य विधामा मनोरन्जन प्रधान भएको चलचित्र छक्का-पन्जाले नेपाली चलचित्रका सबै सफलताका रेकर्ड तोडिसकेको छ र पनि यो विश्वभर अपारपुर्वक प्रदर्शित हुँदैंछ ।

चलचित्र प्रदर्शन हुने स्थानबारे जानकारी :
सिनेमा हल : Whittier Village Cinema
ठेगाना : 7038 Greenleaf Ave. Whittier , CA 90602
समय : Sharp 8 : 00 PM

SHARE