२०८१ वैशाख ६ गते | 18th of April 2024

ईतिहास रच्दै नेपाल एसिया कपको सेमिफाइनलमा, भारत समूह चरणबाटै आउट

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २८ गते १८:४६

काठमाडौं। मलेसियाविरुद्धको शानदार जीतसँगै नेपाल यु–१९ एसिया कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । आज भएको आफ्नो तेस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको नेपाल भारतलाई पछि पार्दै समूहको दोस्रो स्थानमा उक्लिएको थियो । अर्को खेलमा बंगलादेशले भारतलाई पराजित गरेपछि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । आजै भएको अर्को खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतले दिएको १ सय ८८ रनको लक्ष्य बंगलादेशले २८ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।

बंगलादेशले ३ खेलमा सबै जित्दै कूल ६ अंकका साथ समूह विजेता बनेको हो । नेपालले ३ मध्ये २ खेल जितेको हो । पहिलो खेलमा बंगलादेशसँग २ विकेटको पराजय व्यहोरेको नेपालले दोस्रो खेलमा भारतलाई १९ रनले पराजित गरेको थियो । तेस्रो खेलमा आज मलेसियालाई ५ विकेटले पराजित गरेको हो । यसअघिको खेलमा नेपालले भारतलाई हराएपछि निकै हंगामा भएको थियो । नेपालसँग पराजित भारत समूह चरणबाटै बाहिरिएपछि भारतमा निकै हल्लाखल्ला भएको छ । भारतले आफैंलाई क्रिकेटमा सर्वश्रेष्ठ मान्ने गर्छ । क्रिकेटमा भारतको राष्ट्रिय टोली एसोसिएट राष्ट्रसँग यसअघि पराजित भएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *