कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर १४ गते । आफ्नै नाता गोता बाट महिला बालात्कृत भएको घटना हामीले पहिले देखी नै सुन्दै आएका थियौ । तर गोरखा जिल्लामा आफैलाई जन्म दिने आमालाई छोराले बलात्कार गरेको आरोपमा पक्राउ परेको छ ।
गोरखा जिल्लाको गोरखा नगरपालिका ११ को १० किलो भन्ने स्थानमा सोमबार दिउसो ४ बजेको समयमा २६ बर्षे एक यूवकले आफ्नै आमालाई बलत्कार गरेको आरोपमा प्रहरीले पक्राउ छ । अत्यन्तै संवेदन सिल मानिएको यो मुद्वामा बलत्कार गर्नेको नाम समेत गोप्य राखीएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले दिएको जानकारी अनुसार ४६ बर्षका आफ्नै सहोदर आमालाई बलत्कार गरेको जानकारी प्राप्त हुनासाथ आरोपीत छोरालाई प्रहरीले नियन्त्रणमा लिएको र मंगलबार गोरखा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरी रहेको जानकारी दिनु भयो ।

घरैबाट पक्राउ परेका आरोपीतलाई उनकै आमाले आफुलाई बलत्कार गर्न लागेको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएको थियो ।
आफु भन्दा ५९ बर्षिया कान्छीलाई जक गर्ने प्रयासमा बृद्व पक्राउ
यसै बिच गोरखा जिल्ला तान्द्राङ्ग गाउँ बिकास समिति ४ को मझिमथोक आफु भन्दा ५९ बर्षिया कान्छीलाई बलत्कार गर्ने प्रयास गरेको भन्दै स्थानिय बिण्णु प्रसाद लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।balatkar
मंसिर ९ गते दिउसो ४ः३० बजेको समयमा ८ बर्षिया नाबालिकालाई जबरजस्ती गर्न लागेको भन्दै बालिकाको परिवारले मंसिर १२ गते प्रहरीमा उजुरी दिए पछि ६७ बर्षिय लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रक्राउ परेको लामिछानेलाई पनि गोरखा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको समाचार गोरखा समाचार अनलाईनले प्रकाशित गरेको छ ।

 

SHARE