२०८१ वैशाख ११ गते | 23rd of April 2024

दाङमा कांग्रेसको चुनावीसभा लक्षित गरी बम विष्फोट, प्रहरीसहित आठ जना घाइते

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १२ गते १४:४९

दाङ, १२ मंसिर । – दाङको तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ५ को घलाइनमा बम बिस्फोट हुँदा ८ जना घाइते भएका छन् । मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले फालेको ग्रिनेट बिस्फोट हुँदा एकजना म्यादी प्रहरी र तीनजना महिलासहित ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा म्यादी प्रहरी तुलसीपुर उपमहानगरपालिका १८ का विनोद चौधरी, सल्यान बागचौर नगरपालिका २ का देवाकुमारी विसी, सल्यान धोरचौर गाउँपालिकाका नरपति बुढाथोकी, दाङको बबई गाउँपालिकाका नेवबहादुर खत्री, दाङ शान्तिनगर २ का हिमलाल रामजाली, तुलसीपुर वडा नम्बर ७ की जेनी बिसी, तुलसीपुरकी सुनिता चौधरी र बिनोद चौधरी छन् ।
घाइते ४ जनालाई उपचारका लागि नेपालगंज लगिएको छ भने अरुको राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । कांग्रेसको चुनावी सभाभन्दा ५ सय मिटर टाढा बम बिस्फोट भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *