२०८१ वैशाख ७ गते | 19th of April 2024

ओखलढुंगाका युवा नेता लिलाबल्दव दाहाललाई पितृशोक

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १३ गते ३:०२

मंसिर १३ ओखलढुङगा । नेपाली कांग्रेस ओखलढुंगाका युवा नेता लिला बल्दव दाहाल काकालाई पितृ शोक परेको छ । नेता दाहालका पिता होमप्रसाद दाहालको ओखलढुंगा जिल्लाको मोलुङ गाउपालिका वडा २ स्थित आफनै घरमा १० गते निधन भएको हो । ८१ बर्षमा होमप्रसाद दाहाल दमको रोगी थिए ।
सामाजिक सेवामा सक्रिय रहेका दाहालको निधनले ओखलढुंगावासीहरु शोकमा डुवेका छन् । ग्रामिण जिवनसैलीमा रहेर पनि समाज सेवामा सक्रिय दाहालको निधनले स्थानियले अभिभावक गुमाएको बताएका छन् । दाहालका ५ छोरा र २ छोरी रहेका छन् । त्यस मध्ये लिलादाहाल काईला छोरा हुन् ।
निर्वाचनकै दिन गाउँका मान्यजन दाहालको निधनले निर्वाचन कार्यक्रम समेत केहि ढिला गरि सुरु भएको थियो । बाबुले दिएको शिक्षा र मार्गदर्शनले आफु पनि समाज सेवामा सक्रिय भएको स्मरण गर्दै काईला छोरा लिलाले आफुले आगामी दिनमा बाबुले देखाएको बाटोलाई नै पछ्याउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *