पोखरा, मंसिर २१ ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) को पूर्वाञ्चल क्षेत्रिय भेला सकिएको छ । कार्यक्रमको उद्घाटन पछि बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले पशु प्राविधिकहरुको भूमिका निकै महत्वपूर्ण भएकाले राज्यले उनीहरुको मुद्धालाई संवेदनशिल रुपमा सम्बोधन गर्नुपर्ने बताए । उनले देशलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि प्राविधिकहरुको पर्याप्त ब्यवस्था गर्नुपर्नेमा जोड दिए । पूर्वाञ्चल क्षेत्रीय उपाध्यक्ष सन्तोष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन इन्द्र नारायण चौधरीले गरेका थिए ।
केन्द्रिय सल्लाहकार हिमालय पोखरेलले स्वागत गरेको कार्यक्रममा महासचिव सुरेश कुमार श्रेष्ठले अवधारणा पत्र प्रश्तुत गरेका थिए । कार्यक्रममा पूर्वाञ्चालका सबै पशु प्राविधिकहरु सहभागी थिए ।

SHARE