Naya Shakti Nepal Coordinator Baburam Bhattarai gestures to celebrate the establishment programme of the Party at the Dasharath Stadium, in Kathmandu, on Sunday, June 12, 2016. Photo: Skanda Gautam/ THT

पोखरा, मंसिर २३ ।
नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि पोखरामा जुत्ता प्रहार भएको छ ।
जुत्ता प्रहार गर्ने पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्र विषयमा स्नातकोत्तर दोस्रो वर्षका छात्र सञ्जिव भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्याम्पसमा नयाँ शक्ति निकट विद्यार्थी संगठनले नयाँ विद्यार्थीका लागि बिहीवार आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख अतिथि रुपमा आएका बाबुरामलाई भट्टराई थरकै विद्यार्थीले जुत्ता प्रहार गरेका हुन् । तर, जुत्ता बाबुरामलाई लागेन् । जुत्ता प्रहार हुँदा केहीबेर कार्यक्रम विथोलिएको थियो ।
घटनालगत्तै प्रहरीले भट्टराईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बगरको हिरासतमा राखेको छ ।

SHARE