गोरखा, २८ मंसिर । गोरखा जिल्ला बुङकोट ४ काउलेमा खानेपानीका १८ धारा जोडिए पछि गाउँलेहरु खुसि भएका छन् । गोरखा दलित उत्थान तथा बिकास समाजको पहलमा शुरु गरिएको स्थानीय खानेपानी योजना निर्माण कार्य बिदेशबाट आएका सहयोगी तथा सोलुखुम्बु घर भई काठमाडौंमा ट्रेकिङ व्यवसाय गर्दै आउनु भएका आङकाजि शेर्पा तथा अन्य सहयोगी दोर्जे छिरङी शेर्पा, बुद्धिमाया शेर्पाले विशेष सहयोग गर्नु भएको संस्थाका अध्यक्ष निर्मल मंग्रातीले बताए ।

img_7910गत भदौ महिनाबाट शुरु भएको खानेपानि योजना निर्माण कार्य मंसिर पहिलो हस्ता सम्ममा सम्पन्न भएपछि मंसिर २० गते उद्घाटन गरिएको थियो । उद्घाटन गोरखा दलित उत्थान तथा बिकास समाजका अध्यक्ष निर्मल मंग्रातिको सभापतित्व र आङकाजि शेर्पाको प्रमुख आतिथ्यता तथा अरु स्वदेशी सहयोगी तथा विदेशी सहयोगिहरुको समुपस्थितीमा सम्पन्न भएको थियो । यस योजनाबाट स्थानीय सय भन्दा बढी घर धुरी र स्थानीय लखन थापा प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लाभान्वित भएका अध्यक्ष मंग्रातीले बताए ।

खानेपानी योजना निर्माणको लागि संस्थाका सल्लाहकार दोर्जेछिरीङ शेर्पा, संगिता पन्थी र गणेश मगरले विदेशी सहयोगी दाता ल्याउन पहल गरेपछि पुर्ननिर्माण अभियानले गति लिएको र अहिले २४ सै घण्टा धारामा पानि गरेको छ ।

यस योजनाको निर्माण पछि खानेपानिको मुलबाट टाढा रहेका गाउँलेहरुलाई खानेपानी लिन जान आधाघण्टा भन्दा धेरै समय लाग्ने गरेको थियो भनें अहिले टोलका दश घरधुरी बराबर एउटा धारा राखिएकोले गाउँमा १८ वटा भन्दा बढी धारा रहेको उनले बताए । खानेपानी योजना पुर्ननिर्माण सम्पन्न भई घर आगनमा पानी आएपछि स्थानीय जनता धेरै खुसी भएका पनि अध्यक्ष मंग्रातिले बताउनु भयो ।

img_7909त्यस्तै संस्थाको भवन निर्माणको लागि स्थानीय बुद्धिजिवी याम बहादुर मंग्रातीबाट निःशुल्क जग्गा प्राप्त भएको र आङकाजि शेर्पाले संस्थाको भवन निर्माणका लागि सहयोग गर्नु भए पछि संस्थाको भवन निर्माण कार्य सम्पन्न भएको मंग्रातीले बताउनु भयो । खानेपानी र संस्थाको भवन मंसिर २० गते स्थानीयहरुको उल्लेख्य सहभागिताका बीच एक कार्यक्रम गरी संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।

खानेपानि तथा संस्थाको भवन निर्माणमा मत्वपूर्ण सहयोग पुर्याउनु हुने आङकाजि शेर्पा तथा अन्य सहयोगी व्यक्तित्वहरुलाई कार्यक्रममा सम्मान पत्र सहित खादा ओढाएर सम्मान गरिएको पनि अध्यक्ष मंग्रातीले बताउनु भयो ।

SHARE