गोकुल ढकाल : अमेरिका, लसएन्जलस ।
श्रीपशुपतिनाथ फाउण्डेसन, युएसले भोली १८ तारिख साँझ एक अन्तरकृया कार्यक्रम आयोजना गर्दैछ । भगवान पशुपतिनाथ र बुद्धको संयुक्त मन्दिर बनाउने लक्ष्य लिएर २०१० मा स्थापना भएको फाउन्डेशन अहिले निर्माण, ब्यबस्थापन र साझेदारीको अन्तिम चरणको कार्यहरु पुरा गर्न आहोरात्र लागिपरेको छ । आफ्नै भवनमा महाशिवरात्रीको सु-अवसरमा मन्दिर उद्घाटन गरेर नित्य पूजा कर्म थालिने संस्थाका सचिब रामेश्वर भण्डारीले जानकारी दिनुभयो ।foundation-program

दिन प्रतिदिन नेपालीहरुको जनघनत्व बढ्दै गएको साउदर्न क्यालिफोर्नियामा मन्दिर स्थापना गर्नुको उदेश्य, सामुदायिक भवनको आवश्यकता एब सस्थालाई गतिशिल बनाएर निरन्तरता दिन के कस्तो उपाय चाल्न सकिन्छ र भावी कार्यक्रमहरु कसरी संचालन गर्ने भन्ने बिषयहरुमा सर्बसाधारण र यस् क्षेत्रमा सकृया सम्पुर्ण सामुदायिक संस्थाहरु र तिनका प्रतिनिधि एवम सदस्यहरुसंग एकाकार हुंदै छलफल गर्न श्री पशुपतिनाथ फाउण्डेशनले उक्त कार्यक्रमको आयोजना गरिएको र नेपाली समुदायका सम्पूर्ण प्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको अन्तरकृया कार्यक्रमका संयोजक राजेन्द्र शिवाकोटीले बताउनुभयो ।pashupatinah foundation

नेपाली समुदायको एकताकै फलस्वरुप संस्था सफलताको यो अवस्थामा आईपुगेकोमा सबै सहयोगीहरुलाई धन्यवाद दिंदै भोलिको अन्तर्कृया कार्यक्रममा उपस्थित भई सबैको साझा संस्था श्रीपशुपतिनाथ फाउन्डेशनलाई अघी बढाउन मार्गदर्शन गरिदिनुहुन संस्थाका अध्यक्ष भक्त थापाले आग्रह गर्नुभएको छ ।

SHARE