आजै चौंगाईं परिवारको संयोजनमा उठ्यो करिब बिस हजार डलर
गोकुल ढकाल
लस एन्जलस, क्यालिफोर्निया ।
ग्रेटर लस एन्जलस क्षेत्रमा भगवान पशुपतीनाथ र भगवान बुद्ध मन्दिर निर्माणको अन्तिम चरणमा पुगेको श्रीपशुपतिनाथ फाउन्डेशन, युएसएका लागि दान दिने दयालु मनहरुको ओईरो लागेको छ ।Image may contain: 1 person, sitting and indoor

आज क्यालिफोर्निया राज्य, फन्टेना नगरका सुशिल चौगाईंको संयोजनमा १९,२१२।०० (उन्नाईस हजार दुई सय बार्ह) डलर दान सहयोग प्राप्त भएको छ । संस्थाका पदाधिकारीहरुको उपस्थितिमा चौगाईं परिवारले फन्टेना नगरमा उक्त रकम अध्यक्ष भक्त थापालाई हस्तान्तरण गरेका थिए । यस अघि अक्टोबर महिनामा चौगाईं परिवारले दश हजार डलर सहयोग प्रदान गराईसकेको थियो । आजको दश हजार डलर सहयोग सहित चौगाईं परिवारले जम्मा एक्काइस हजार डलर दान उपलब्ध गराएका छन ।Image may contain: 2 people, people sitting and indoor

चौगाईं परिवार र लक्ष्मण बस्नेतको सकृयतामा बांकी दान उपलब्ध भएको थियो । आज दान सहयोग गर्नेहरुको नामावाली :
Sushil Chaugai & Kaniska Chaugai-$10,000
Baljit Singh/Irene Singh-$2,500
Gurinder Singh-$2,500
Barsha Chaugai-$1,000
Rishi Puri/Trina Puri-$1,000
Rajbinder Singh/Kamal Singh-$550
Sukhbir S. Guraya-$510
Joel Leroy (Utah)- $501
Brigido R. Torres- $300
Gurinderjit Singh-300
Indra Burlakoti-$51
TOTAL=$19,212.00Image may contain: 5 people, people sitting and indoor

यसैगरी गत हप्ता डा. सञ्जय खनाल परिवारले मन्दिर निर्माणको अवलोकन गर्दै एघार हजार एक सय डलर दान दिएका थिए । सोही अवसरमा फाउन्डेशनका सल्लाहकार तथा क्यालस्टेट लङबिचका प्रोफेसर डा. जीत जोशीले पांच हजार डलर सहयोग दान गरेका थिए । नेपाली समुदायको ईतिहासमा अभुतपुर्व रुपमा सम्पन्न हुन लागेको मन्दिर निर्माणका लागि मायालु मनबीर र दयालु दानबीरहरुको सहयोगले कुनै संघ-संस्थाहरुमा संलग्न नभए पनि पवित्र मन्दिर र सामुदायिक केन्द्र निर्माणका लागि सहयोग गर्न मन नरोकिने उदाहरण दिएको छ ।Image may contain: 1 person, standing and indoor

उक्त अनौपचारिक कार्यक्रममा आर्टेसियाका प्लानिङं कमिशनर तथा फाउन्डेशनका अध्यक्ष भक्त थापा, वाणिज्यदुत तथा संस्थाका उपाध्यक्ष ॠषी ढकाल, पर्यटन दुत तथा सचिव रामेश्वर भन्डारी, चेम्बर प्रतिनिधि तथा कोशाध्यक्ष एकराज नारायण पाण्डे, अन्य बोर्ड सदस्यहरु ; डिल्ली थापा, बलराम थापा र गोकुल ढकालको उपस्थिती थियो । स्मरणीय छ, चौगाईं परिवार नेपाली राष्ट्रिय क्रिकेट खेल टोलीका प्रख्यात खेलाडी कनिश्क चौगाईंको परिवार हो ।Image may contain: 3 people, people standing

Image may contain: 2 people, people standingImage may contain: 3 people

Image may contain: 4 people, people sitting and indoorImage may contain: 2 people, people sitting, suit and indoorImage may contain: 2 people, indoor

Image may contain: 3 people, people sitting and indoor

फाउण्डेशनको अन्तर्कृया कार्यक्रम सम्पन्न :

यसैगरी गत आईतवारका दिन फाउन्डेशनले सर्वसाधारण, स्थानिय संघ्-संस्थाहरु र तिनका सदस्यहरुका बिच एक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । संस्था स्थापना, सम्पन्न गरिएका कार्यक्रमहरु, आगामी कार्यक्रम र योजनाहरुका बारेमा सामुदायिक सदस्यहरुका बिच उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

बोर्ड सदस्य राजेन्द्र सिवाकोटीको संयोजकत्वमा बनेको समितिले सम्पन्न गरेको अन्तर्कृया कार्यक्रममा फाउन्डेशनका सचिव रामेश्वर भन्डारीले पावर प्वाईन्ट प्रस्तुत गरेका थिए । कोशाध्यक्ष एकराज नारायण पाण्डेले आर्थिक विवरण र चक्रपाणी मिश्रले संस्थाको वेबसाईटबारे जानकारी गराएका थिए । कार्यक्रममा बाणिज्यदुत ॠषी ढकाल, नेपाली जनसम्पर्क समिती, अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टरका सभापती मदन पाठक, पत्रकार सुदिप पन्त र प्रेम गुरागाईंले आ-आफ्ना धारणा राखेका थिए ।

उपस्थित सहभागीहरुको प्रश्नको उत्तर संस्थाका अध्यक्ष भक्त थापा, सचिव रामेश्वर भन्डारी र डा. शम्भु ढुंगानाले दिएका थिए ।

SHARE