पोखरा, पुस ११ ।
नेपाल पशु स्वास्थ्य प्राविधिक संघ (नेल्टा)को पश्चिमाञ्चल क्षेत्रीय भेला तथा अधिवेशन पोखरामा हुने भएको छ । यही पुस १५ गते हुने भेलाको नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्नेछन् । अधिबेशनको तयारी तिब्र पारिएको नेल्टा केन्द्रीय समितिका महासचिव सुरेश कुमार श्रेष्ठले जानकारी दिए ।
सबै क्षेत्रको अधिवेशन सम्पन्न गर्ने क्रममा १५ गते पश्चिमाञ्चलको अधिवेशन गर्न लागिएको हो । अधिवेशनमा यस क्षेत्रका करिब ३ सय जना पशु स्वास्थ्य प्राविधिकहरु उपस्थित हुने आयोजकले जनाएको छ । भेलामा नेल्टाका गतिविधी र भावी कार्यक्रम तथा रणनीतिका विषयमा छलफल हुनेछ ।
सोही भेलाबाट नयाँ कार्यसमिति समेत चयन हुने श्रेष्ठले बताए । भेलाका लागि अहिले सदस्यता नवीकरण र नयाँ सदस्यता बृद्धि तिब्र रुपमा भइरहेको अध्यक्ष जनक रावलले बताए ।

SHARE