२०८१ वैशाख १३ गते | 25th of April 2024

न्यूयोर्कमा युएसनेपालअनलाइन डट कमको १० औं वार्षिकोत्सब भब्यता पूर्वक सम्पन्न, ११ नेपाली व्यक्तित्व एवं ३ नेपाली संस्थाहरु सम्मानित

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १९ गते १७:२१

न्यूयोर्क – युएसनेपालअनलाइन डट कमको १० औं वार्षिकोत्सब डिसेम्बर २ तारिख, शनिवार न्यू योर्कको कुइन्स ज्याक्सन हाइट्स स्ट्रिटस्थित शेर्पा किदुग युएसएको सभा कक्षमा भब्यतापूर्वक मनाईएको छ । युएसनेपालअनलाइनको प्रकाशन शुरु सन् २००७ डिसेम्बर ३ तारिख भएको थियो। यसपाली पनि बिगतका वर्षहरुमा जस्तै समाजमा योगदान पुर्याएका ब्यक्तित्वहरुलाई ‘अतिथी सम्मान’ (Guest of Honor 2017) द्वारा कदर गरिएको छ भने युवा प्रतिभाहरुलाई ‘युवा प्रतिभा पहिचान पुरस्कार’ (Youth Recognition Award 2017) द्वारा सम्मान गरिएको छ । ‘अतिथी सम्मान’ द्वारा कदर गरिएका ब्यक्तित्वहरुमा वरिश्ठ नाट्यकर्मी राम राज छेत्री, न्यू योर्क शहर सबवे सिस्टमका टनेल ईन्जिनियार मेख गुरुङ, सामाजिक अभियन्ता दुर्गेश जङ्ग कार्की, वकिल एवं एनआरएन अमेरिकाका निवर्तमान प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहाल, मिस नेपाल युएसका संस्थापक अमित शाह, न्यू योर्ककि महिला ब्याबसायी सूर्य श्रेष्ठ महर्जन र गीतकार पद्मा लिंखा मगर छन् भने ‘अतिथी सम्मान’ द्वारा कदर गरिएका नेपाली संस्थाहरुमा अधिकार, युनाईटेड शेर्पा एशोसिएसन युएसए र रिजवूड नेपाली समाज छन् । त्यसैगरी, ‘युवा प्रतिभा पहिचान पुरस्कार’ बाट संयुक्त राश्ट्र संघ युवा एसेम्बली प्रेसिडेण्ट जोली अमात्य, युवा लेखक राजन थपलिया, अमेरिकि पूर्व राश्ट्रपति बिल क्लिन्टनद्वारा प्रेसिडेन्सियल अनर रोलद्वारा सम्मानित युवा कन्चन अमात्य र डेभ्लप्मेण्ट डिले हुने बालबालिकाहरुको रोगको रोकथाम सम्बन्धी क्षेत्रमा सकृय युवा प्रियंका थापालाई सम्मान गरिएकोछ ।

युएसनेपालअनलाइनकि आजिवन सदस्य शारदा छेत्रीको सभापतित्वमा आयोजित उक्त समारोहमा स्वागत मन्तब्य एवं अन्तरराश्टृय नेपाली साहित्य समाज (अनेसास) कि पूर्व केन्द्रिय अध्यक्ष गीता खत्रीले गरेकी थिईन् भने प्रमुख अतिथीको रुपमा उपस्थित नेपाल सरकारका कन्सुलर कृसु छेत्रीले सम्मानित ब्यक्तिवहरुलाई कदर पत्र र परम्परागत खादाद्वारा सम्मान गरेका थिए । सम्मानित ब्यक्तित्वहरुको परिचय युएसनेपालअनलाइनका प्रधान सम्पादक प्रदीप परियार थापा मगरले प्रस्तुत गरेका थिए । सम्मानित ब्यक्तिवहरुले सम्बोधन गर्दै समाजका लागि थप योगदान पुर्‍याउन जिम्मेवारी बढेको उल्लेख गरेका थिए ।

प्रधानमन्त्री शेरबहादूर देउवा र एनआरएन आईसिसी प्रेसिडेण्ट भवन भट्टद्वारा शुभकामाना सन्देश प्रेशित

समारोहमा नेपालका प्रधानमन्त्री शेरबहादूर देउवा र एनआरएन आईसिसी अध्यक्ष भवन भट्टद्वारा शुभकामाना सन्देश प्राप्त भएको थियो । शुभकामना सन्देश क्रमश: जागरण मिडिया सेन्टर नेपालका उपाध्यक्ष दीपक परियार र प्रकाश परियारले पढेर सुनाएका थिए ।

प्रधानमन्त्री देउवाले आफ्नो शुभकामना सन्देशमा नेपाललाई आफ्नो हृदय र प्रार्थनामा राखेकोमा आभार व्यक्त गर्दै युएसनेपालअनलाइनले अमेरिकामा नेपालीहरुलाई सूसुचित हुने अवसर प्रदान गरेकोमा प्रसंशा व्यक्त गरे ।

उता एनआरएन आईसिसी प्रेसिडेण्ट भवन भट्टले शुभकामाना सन्देश प्रेशित गर्दै युएसनेपालअनलाइनले आगामी वर्शहरुमा पनि नेपाली डायस्पोरालाई स्वतन्त्र र निश्पक्ष समाचार प्रकासन गर्ने छ भन्ने आशा लिएको उल्लेख गरे ।

जर्सिसिटी शहरका मेयरद्वारा वार्षिकोत्सबका अवसरमा प्रोक्लेमेसन र जर्सी सिटी काउन्सिलद्वारा रिजोलुसन जारी

उक्त वार्षिकोत्सब समारोहका अवसरमा न्यू जर्सी राज्य अमेरिकाको जर्सिसिटी शहरका मेयर स्टेभन एम फुलपद्वारा युएसनेपालअनलाइनको १० औं वार्षिकोत्सबका अवसरमा प्रोक्लेमेसन (घोशणापत्र) जारी गर्दै सम्मान गरेका छन् । उक्त प्रोक्लेमेसनमा युएसनेपालअनलाइनले नेपाल र अमेरिकामा रहेका नेपाली समाजलाई आधा विश्व टाढाबाट जोड्ने काम गरेको भन्दै जर्सी सिटी शहर गौरवान्बित बनेको उल्लेख गरिएको छ । उक्त जर्सिसिटी प्रोक्लेमेसन र मेयर स्टेभन एम फुलपको शुभकामना सन्देश जर्सी सिटी मेयरका सल्लाहकार डा. बिष्णुमाया परियारले वाचन गर्दै प्रमुख अथिती एबं वाणिज्यदूत कृसु छेत्रीसंग संयुक्तरुपमा प्रदान गरेकिथिईन् ।

त्यसैगरी, जर्सी सिटी काउन्सिलद्वारा रिजोलुसन (प्रस्ताव) पारित गर्दै युएसनेपालअनलाइनको १० औं वार्षिकोत्सबका अवसरमा बधाई ज्ञापन गरिएको छ । उक्त काउन्सिल रिजोलुसन र जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोको शुभकामना सन्देश जर्सी सिटी मेयरका सल्लाहकार डा. बिष्णुमाया परियारले वाचन गर्दै प्रमुख अथिती एबं वाणिज्यदूत कृसु छेत्रीसंग संयुक्त रुपमा प्रदान गरेकिथिईन् ।

अमेरिकि दुई शहरहरु जर्सी सिटी र न्यू योर्क शहरबाट ३ नेपाली सन्चारकर्मीहरु सम्मानित

अमेरिकि दुई शहरहरु जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारो र न्यू योर्क शहर काउन्सिल सदस्य म्याथ्यु युजिनद्वारा सामुदायिक पत्रकारितामा योगदान पुर्याए बापद ३ नेपाली सन्चारकर्मीहरु युएसनेपाल अनलाइनका प्रधानसम्पादक प्रदीप परियार थापा, खसोखास साप्ताहिकका प्रधान सम्पादक किशोर पन्थी र सम्प्रेषण टेलिभिजन कार्यक्रमका शैलेश श्रेष्ठलाई साईटेसन कदर पत्रबाट सम्मान गरिएको छ । त्यसैगरी, समारोहमा न्यू योर्क शहर काउन्सिल सदस्य म्याथ्यु युजिनद्वारा प्रकाश परियारलाई सामाजिक कार्यको लागि साईटेसन कदर पत्रबाट सम्मान गरिएको छ ।

जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोद्वारा प्रदान गरिएको साईटेसन जर्सी सिटी मेयरका सल्लाहकार डा. बिष्णुमाया परियारले वाचन गर्दै प्रमुख अथिती एबं वाणिज्यदूत कृसु छेत्रीसंग संयुक्त रुपमा प्रदान गरेकिथिईन् ।

न्यू योर्क शहर काउन्सिल सदस्य म्याथ्यु युजिनद्वारा प्रदान गरिएको साईटेसन न्यू योर्क शहरका कम्यूनिटी बोर्ड सदस्य शाहिद खानले उक्त सम्मान प्रदान गरेका थिए ।

अतिथि वक्ताहरुद्वारा वार्षिकोत्सब समारोहलाई सम्बोधन

समारोहमा बिभिन्न अतिथि वक्ताहरुले सम्बोधन गर्दै युएसनेपालअनलाइनको सफलताको कामना गरेका थिए । शुभकामना मन्तब्य ब्यक्त गर्नेहरुमा प्रमुख अथिती एबं नेपाली वाणिज्यदूत कृसु छेत्री, प्रवासी नेपाली मन्च निवर्तमान अध्यक्ष सन्जय थापा, कारणका लागि महिलाकि (डब्ल्यूएफ्सी) अध्यक्ष गीता पोख्रेल, ११ वर्शिय बालिका श्रीनिती रिजाल, युवा नेत्री ऐश्वर्या शर्मा, खसोखास साप्ताहिकका प्रधान सम्पादक किशोर पन्थी, एकसयनेपाली डट कमका मतसर्वेक्षण प्रमुख एवं जिमिन संस्थापक अन्जन श्रेष्ठ, र तामाङ सोसाईटी अफ अमेरिकाका पूर्व प्रेसिडेण्ट एवं तामाङ कल्चर एण्ड बुद्धिस्ट सेन्टर ट्रस्टका अध्यक्ष ईन्द्रबहादुर तामाङले सम्बोधन गरेका थिए ।

१०१ नेपाली चुन्ने अभियानको औपचारिक घोषणा 

१०१नेपाली डट कमका मतसर्वेक्षण प्रमुख अन्जन श्रेष्ठले १०१ नेपाली चुन्ने प्रकृया अन्तर्गत अनलाईन मनोनयाँन शुरुवात गरिएको घोशणा गरे । 101Nepali.com का संस्थापक एवं प्रोफाइल एडिटर प्रदीप परियार थापा हुन् भने आउटरिच एडिटर किशोर पन्थी हुन् ।

आजीवन सदस्यहरुको स्वागत

समारोहमा सन् २०१७ मा युएसनेपालअनलाइनको आजीवन सदस्य बनेका १० जना आजीवन सदस्यहरुलाई आजीवन सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो ।

समारोहमा युएसनेपालअनलाइनको आजीवन सदस्य अर्जुनप्रशाद मैनालीले अनुदान स्वरुप प्रदान गरेको जनही ५/५ सय डलर नगद र उनको जीवनीकृती ‘द गिफ्ट अफ लाईफ’ एनआरएन अमेरिका न्यू योर्क च्याप्टर र तामाङ सोसाईटी अफ अमेरिकालाई प्रदान गरिएको थियो ।

साँस्कृतिक प्रस्तुति

वार्षिकोत्सब समारोहमा वरिश्ठ नायिका बिनिता पौडेल, बाल कलाकारहरु सिम्रन अधिकारी (९), जारा प्रसाई (९), यसोदा गिरी (९) र श्रीया केसी (१०) ले मनमोहक नृत्य प्रस्तुत गरेका थिए भने गायक सोम अधिकारीले नेपाली सुमधुर लोकगीत प्रस्तुत गरेर पाहुनाहरुलाई नचाए।

समारोहको उद्घाटन प्रमुख अतिथी कृसु छेत्रीद्वारा कलाकार अनिल रोका मगरले निर्माण गरेको १० औं वार्शिकोत्सब थ्री डि स्टेज अनावरण गरेर गरिएको थियो भने मोनिका थापा मगरले डिजाईन गरेको होममेड बर्थ डे केक काटेर समापन गरिएको थियो ।

समारोहमा आजीवन सदस्यहरु बसन्ता खड्का, गीता खतृ, गीता पोख्रेल, सीता परियार, शकुन्तला ज्ञवाली, कन्चन केसी, प्रकाश परियार, डा. बिष्णुमाया परियार, सुमन बुढा मगर र हितैशीहरु मनिशा सापकोटा, राजिब शेर्पाद्वारा प्रायोजित होममेड परिकारहरु पाहुनाहरुलाई लन्च खुवाईएको थियो ।

उद्घाटन सत्रको सन्चालन शैलेश श्रेष्ठले गरेका थिए भने अन्य समारोह शकुन्तला ज्ञवालीले सन्चालन गरेकी थिईन् । प्रथम वार्षिकोत्सब समारोह सन् २००८ देखि १० औंसम्म कार्यक्रम सन्चालन गरेका संचारकर्मी शैलेश श्रेष्ठले यो सालदेखि सन्चालन स्वअवकास लिएको घोशणा गरेका थिए । उनलाई युएसनेपालअनलाइनले लाईफ टाईम एचिभमेण्टबाट कदरपत्र प्रदान गर्दै बिदाई गरेको थियो भने श्रेष्ठले आफूले दश वर्शसम्म उद्घोशण गर्न र साथित्व निभाउन सफल भएकोमा गर्वानुभूति महशुस गरेको बताउँदै उप्रान्त आफूले सित्तैमा लेख नलेखी लेखकीय पारिश्रमिक लिने र त्यो लेख रचना बापद पाउने रकमले आफ्नो गाउँ भोजपूरको विध्यालयलाई ल्यापटप प्रदान गर्ने प्रण गरे ।

यसरी शुरु भयो युएसनेपाल अनलाइन

युएसनेपालअनलाइन डट कम सन् २००७ को डिसेम्बर ३ तारिखदेखि प्रकाशन शुरु भएको हो । युएसनेपालअनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगर हुन् । युएसनेपालअनलाइन डट कमका अध्यक्ष पासाङ दोर्ची शेर्पा हुन् । युएसनेपालअनलाइनका ५३ हजार भन्दा बढी रजिस्टर्ड सदस्यहरु र ११२ जना अनरेरी आजिवन सदस्यहरु छन् ।

युएस नेपाल अनलाइनले यस अघी सन् २००८ मा प्रथम (पढ्नुहोस्), सन् २००९ मा दोश्रो (पढ्नुहोस्), सन् २०१० मा तेश्रो (पढ्नुहोस्), सन् २०११ मा चौंथो (पढ्नुहोस्), सन् २०१२ मा पाँचौं (पढ्नुहोस्) र सन् २०१३ मा छैठौं (पढ्नुहोस्) र सन् २०१४ मा सातौं (पढ्नुहोस्), सन् २०१५ मा आठौं (पढ्नुहोस्) र सन् २०१६ मा नबौं (पढ्नुहोस्) वार्षिकोत्सब मनाइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *