२०८१ वैशाख ७ गते | 19th of April 2024

अमेरिकामा नेपाली दिदीबहिनीलाई नै अवार्ड

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १९ गते १९:४३

न्यूयोर्क । अमेरिकामा रहेका दुई नेपाली दिदीबहिनीलाई नै युथ रिकग्निसन अवार्ड प्रदान गरिएको छ । अमेरिकामा चर्चाको शिखरमा रहेका दुई नेपाली दिदीबहिनीहरु कञ्चन अमात्य र जोली अमात्यलाई अवार्ड प्रदान गरिएको हो । अमेरिकामा १० बर्षदेखि संचालित सामुदायिक संचारमाध्यम युएस नेपाल अनलाइनको १० औं बार्षिकोत्सवका अवशरमा अवार्ड प्रदान गरिएको हो । कार्यक्रम न्युयोर्कको ज्याक्सनहाइटमा गरिएको हो ।

जोली अमात्य राष्ट्रसंघका सन् २०१५ देखि २०१७ सम्म युवा सम्मेलनकी अध्यक्ष हुन् । उनले विश्वका तमाम युवा वर्गको प्रतिनिधित्व गर्दै दुईपटक राष्ट्रसंघ युवा सम्मेलनलाई सम्बोधन गरिसकेकी छिन् । सन् २०१३ देखि कार्यरत जोली राष्ट्र संघको इतिहासमै युवा अध्यक्ष पदमा नियुक्त हुने सबैभन्दा कनिष्ठ तथा पहिलो नेपाली हुन् ।

पाटनमा जन्मिएकी उनले यसअघि विश्व बैंक, एक्सन एड नेपालजस्ता संस्थामा काम गरिकेकी छिन् । काठमाडौंको सेन्ट मेरिजमा पढेकी उनले हाल अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाएकी छिन् । जोलीले सन् २००७ मा ‘महिलाको आवाज’ भन्ने पत्रिकामा उत्कृष्ट १० महिलाको पुरस्कार प्राप्त गरेकी थिइन् । उनले अमेरिकाको आएवा विद्यालयमा वित्त तथा लेखा संकाय, हार्बर्ड विश्वविद्यालयमा पूर्वस्नातक तहको अध्ययन पूरा गरेकी छिन् । उनलाई हालै युएस नेशनल कमिटि फर युन वुमनले समेत च्याम्पेन अफ द चेन्ज अवार्ड प्रदान गरेको थियो ।

कञ्चन अमात्यसामाजिक अभियन्ता, महिला अधिकारवादी र वातावरणविदका रुपमा समेत चर्चित छिन् । हाल उनी राष्ट्रसंघको शुन्य भोक अभियान र महिलाको आर्थिक शशक्तिकरणमा युएन वुमन ग्लोबल च्याम्पेनमा कार्यरत छिन् । सन् २०१५ मा पनि उनी एउटा फेलोसिपका लागि पूर्व राष्ट्रपति बिल क्लिन्टनबाट सम्मानित भएकी थिइन् । केहीदिन अगाडि उनले विश्वका हजारौं युवा नेताबाट छानिएर अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनबाट विशेष अवार्ड प्राप्त गरेकी थिइन् । पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले कञ्चनलाई प्रेसिडेण्टल अनर रोल अवार्ड २०१७ प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *