अमेरिकी नेपाली समाजको एक शक्तिशाली सामुदायिक संगठन एनआरएन अमेरिकाको पाँचों साधारण सभा भर्खरै डालसमा सम्पन्न भएको छ । मौलिक, पाराम्पारिक र सांस्कृतिक पञ्चे बाजाबाट शुरु भएको यो सम्मेलनमा सहभागीहरुको उपस्थितिलाई अब्बल मान्नुपर्दछ । कार्यक्रमलाई मात्र मध्यनजर गरेर स्वदेशदेखी आएका पररास्ट्र मन्त्री डा. प्रकाशशरण महत, नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्याणकुमार गुरुङ्ग, अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्की, महाबाणिज्यदुत प्रेमराजा महत, बाणिज्यदुतहरु ॠषि ढकाल र ए सी शेर्पा, पर्यटन दुत राम सि खरेल लगायतका कुटनैतिक ब्यक्तित्वहरु, नेपाली जनसम्पर्क समिती, अमेरिकाका सभापती आनन्द बिष्ट, प्रवासी नेपाली मन्चका प्रतिनिधि लगायतका अमेरिकामा सकृय सामुदायिक संघ संस्थाका प्रतिनिधिहरु, एनआरएन उपाध्यक्ष कुमार पन्त लगायतका आईसीसीमा आबद्ध प्रतिनिधिहरु, एनआरएन अमेरिकाका पुर्व अध्यक्ष शिव राई र खगेन्द्र जि सी लगायतका एनसीसीका एनआरएन अभियान्ताहरु, यो सम्मेलन सफल पार्न लागिपरेको बर्तमान कार्यसमितिका सफल अध्यक्ष डा. केशब पौडेलको टीम, प्रवासमा बिभिन्न तह र तप्कामा कृयाशिल सामुदायिक सदस्यहरु, वरिश्ठ पत्रकार तारा बराल र  शैलेश आचार्य, एवम् बिजय घिमिरे, बाल जोशी, बिजय पौडेल, तोया दाहाल, कृष्ण के. सी र नेजाका सभापती भोला आचार्य लगायतका पत्रकाररुको दरिलो उपस्थितिलाई एकताको शुत्र-भुमी डालसका कृष्ण लामिछाने, भुवन आचार्य, हरिबोल भन्डारी, गौरीराज जोशी, सुरेश सी पोखरेल, ज्ञानेन्द्र कार्की, ओमकुमार भट्टराई बिजयराज भट्टराई, राम सी पोखरेल, कपिल अधिकारी, रमेश पोखरेल, कमल सापकोटा, पासाङ्ग शेर्पा, बिनोद तिवारी, रोशन ढुंगाना, उत्तम लामिछाने, कमल सत्याल लगायतका होनहार सामाजिक नमुना र अभियान्ताहरु, बिकासराज न्यौपाने, रामचन्द्र भट्टराई, शरद पोखरेल, किशन रेग्मी, केदार तिमील्सिना र लेखनाथ गौतमजस्ता प्रवासी पत्रकारिताका हिमायाती युवाहरुको रातोदिन खटाईको प्रतिफल स्वरुप लाग्दछ, एनआरएन अमेरिकाको कार्यसमितिले विवेकपुर्वक सम्मेलनको स्थान टेक्सास रोजेछ ।
परिवारमा त सामान्य किचलो हुने नेपाली परिवेशमा, सामाजिक एकताको एउटा अनुपम नमुना रहेछ, टेक्सासको डालस । चुनावी मुखमा रहेको अमेरिकाको एनआरएनको पांचौं साधारण सम्मेलन सिंगो कार्यसमितिको अब्बल निर्णयसंगै डालासको सामुदायिक एकताले सफल हुन सम्भव रहेको कुरालाई चाकरी नमानौं ।

डालास :
प्रवासी नेपाली समाजिक ईतिहासमा सम्भवत: प्रथमपटक स्थापित ब्यबस्थित, भब्य, मौलिक र सामुदायिक नेपाली मन्दिर, नेपाली पाठशाला, आफ्नै स्वामित्वमा रहेको जग्गामा अवस्थित सामुदायिक केन्द्रको उदाहरणले डालसको भयंकर सामाजिक अस्तित्व दर्शाउंछ । पाहुनाको नजरले किटान गर्ने भन्दा गहन सामाजिक उपस्थिती, समुदायमा त्यसको गहिरो प्रभाव, सामुदायिक सदस्यहरुको निश्कलंक र स्वार्थरहित सेवा एवम बिभिन्न पेशा र ब्यवसायमा लागेका नेपालीहरुको एकारुपता साच्चै अनुपम आभास भो ।
देखेका-चिनेका नातेदार, मान्यजन र मित्रहरुको ब्यबसायिक सफलता, परिश्रमको फलस्वरुप तानाबुने सपनाहरुको सफलिभुत प्रतिफल र अमेरिकाको सर्वाधिक ठुलो राज्यका चिल्ला सडकमा कुद्ने तिनै सामुदायिक सदस्यहरुका रिमोटे सवारी सधानहरुको चाबी आईफोन र सामसुंग फोनसंग तिनका हातमा खुबै सुहाउंदा लागे । सबैसंग जिन्दगी, त्यसको अनुभुती, यापनका कठिनाईहरु त हुन्छन नै ! सभा र समारोहमा सहभागीहरुको हातमा सफलताका चाबीहरु देख्दा समाजका सबैका प्रतिनिधित्व त हुंदैन । र पनि, नेपालीहरुको बढ्दो टेक्सास झर्ने क्रमलाई हेर्दा मान्छेहरु हावामै त्यसै लहकाएका पक्कै छैनन । संघर्श, समाज र सफलताका उदाहरणले त हो, त्यही सामाजिक परिबेशमा अन्यलाई आकर्शित गर्ने, जुन यसपाली डालसमा देखियो ।
दश बर्षदेखी अल्झिएको नेपाली जनसंपर्क समितिको एकता अधिबेशनको ‘एकता शुत्र भुमी’ डालसले त्यही स्थानबाट निर्वाचित एकताको त्यही समितीभित्र निहित केही विवादहरुलाई टुंगाएर ‘फेरी एकपटक एकता’को डोरीमा बांध्न सफल भएको छ । त्यही एकताभुमी डालस, जहाँं जनसंपर्कका एकताका मियो हरिबोल भन्डारीहरु बस्दछन ।
एनआरएनले त्यही समाजको फाईदा उठायो । एउटा विवाह, ब्रतबन्ध र नारायण पूजामा त समापन र आमन्त्रणको भुलाईले माफी पाउंछन भने लोकप्रिय एवम शक्तिशाली संगठनको केही कमजोरी हुंदाहुंदै त्यो डालसले एनआरएनको सम्मेलन अभुतपुर्व सफल बनाईदियो, जहां भन्डारी, लामिछाने, पौडेल, भट्टराई, जोशी, शेर्पा, आचार्य र पोखरेलहरु सफलताको ईमानका खातिर अहोरात्र खटी लागे । सफल अध्यक्ष डा. पौडेलको ‘टेक्सासका यि अभियान्ताहरुको नाममा मात्र’ एउटा धन्यवाद बक्तब्य आओस, हे हे (फेसबुकको चाटमा हांस्याजस्तो) !!!
एउटै कुरो खड्कियो, नेजाको कार्यक्रममा ईज्जतसाथ हामीले सम्मान गर्ने आदरणीय ब्यक्तित्वहरु र अभिन्न मित्रहरुको गाडी ओक्लोहामाको चिसो ताल तिर हुंईकियो । उहांहरुको आफ्नो ब्यक्तिगत जीवन हो, तर टेक्सासबाट टाढा बसेपनि म आफुलाई उहांहरुकै पारिवारिक सदस्य सम्झन्छु । गल्ती लेखनी, माफी हजुर ।

खल्लांस
एनआरएन अमेरिकाको पांचौं साधारण सभाले बैधानिकताको अर्को सफलता हासिल गरेको छ, डालसमा । सरकारका पररास्ट्र मन्त्री डा. महतको प्रमुख आतिथ्यता, एनआरएनलाई सरकारको अंगको रुपमा हेरिने नजर, त्यसको समर्थनमा स्पश्टवक्ता र सरकारका प्रभावशाली मन्त्री डा. महतको अभिब्यक्तीले अदालती लफडा किनारा लागेको छ । भुकम्पताक संस्थाका अध्यक्ष डा. पौडेलहरुले स्वदेशका लागि बोकेका अोखतीका चक्की र बन्दै गरेका पुनर्निर्माणका पक्की घरहरुले लफडाहरु खल्लांस भएका छन ।
एक भएर लाग्यो, एनआरएन अमेरिकाको कार्यसमिती पांचौं सम्मेलनका लागि । देखेको कुरो भन्ने त हो । संस्थाभित्र सामान्य गुन्जायस त कहाँ हुंदैन र ? उनीहरुका लफडा आँफैं जानुन । तर ब्यबस्थापन, जिम्मेवारी र अस्ती लागेको भाते कान्डको झमेला बेहोरेन, एनआरएनले । अनेकतामा सफलताको डालासी एकताले सबै खल्लांस भए, यसचोटी ।
चुनावको सरगर्मीले समापन लगत्तै ‘टोर्न्याडो’ झेलेपनी डालसमा औपचारिक रुपमा उम्मेदवारीको सवालमा कोही बोलेनन, यसपाला । न त एनआरएन नै बोल्यो । उम्मेद्वारहरुको निर्वाचन ‘घोषणा सभा’ समेत ठानिएको पांचौं सम्मेलनमा साच्चै बिगत केही महिनादेखी अध्यक्ष पदमा लडेर सामाजिक संजालमा सर्वाधिक छाएकी रबिना थापा पनि बोलिनन । शालिन, भद्र र आगामी निर्वाचनका लागि सर्वाधिक चर्चामा रहेका गौरीराज जोशीले पनि मुख खोलेनन । कृष्ण पोखरेल, राम सी पोखरेल, टेम्बा शेर्पा र डिल्ली भट्टराई पनि केही नबोली सुट्केश च्याब्दै बाटो लागे । भिड्नेहरु नबोलेपछी नभिड्नेहरु मुकदर्शक, सबकुरो खल्लांस ।

त्यसो त प्रवासी नेपाली समाजको ग्रासरुटसम्म पुगेको एनआरएन, केही कमजोरीका बाबजुद आफुलाई दरिलो रुपमा एक्पटक स्थापित हुन पुगेको छ । पञ्चे बाजा, काउब्वाई डान्स र भरपुर ब्यबस्थापनले मात्र होईन बिधान, फोरम र मुद्दाहरुको सामान्य रुपमा भएनी गरिएको छलफलले आकार लिएको छ । आकार लिए पछी निराकारहरु खल्लांस । सबैभन्दा ठुलो कुरो, डालासमै एनआरएन अमेरिकाको आयोजनाले जुराएको अवसरले अमेरिकी नेपाली समाजको अर्को शक्तिशाली संगठन नेपाली जनसंपर्क समिती, अमेरिकाको ‘विवाद’ खल्लांस ।

पलांस :
लेख एउटा अनुभव पोख्ने सारको अभिब्यक्ती न हो । लेखाएर बरु ठुला मान्छे भा’का छन, अमेरिकामा । लेख्ने कहिल्यै उंभो लाग्य देख्या छैन । देखाएर ठुला मान्छे भा’का छन बरु, देख्ने सधैं सानै छ । त्यसैले लेखिएका अभिब्यक्ती ब्यक्ती र संस्थाका चाकरीका भाका कहिल्यै हुंदैनन, भित्र सत्यता लुकेको छ भने । टेक्सास र एनआरएनको भक्ती-भजन गाएर पन्डित होईने होईन । एउटा प्रसंग जोड्न मन लाग्यो : एत्रो संगठनको सम्मेलनको मुखमा तयारी र ब्यबस्थापनकाबारे हामीले संयोजक एवम एनआरएनका उपाध्यक्ष आदरणीय राम सी पोखरेलको अन्तर्वार्ता छाप्दा सान्-फ्रान्सिस्को तिरका कसैले ‘फलानोलाई पोखरेलले किन्यो रे, पोखरेलले यति दिए रे’ भन्ने यी कानले सुने, अरु कानहरुले पनि सुनेहोलान । यस्तो छ, हाम्रो समाज । तर जसका टाउकामा चिन्ताका जुम्राहरु स्याउंस्याउंती कुंदे पनि एनआरएनसंग सम्बन्ध छ, सहवास होईन ।
करिव ८०० नेपालीले यो संस्थाको पांचौं सम्मेलनको फ्रीको कफी पिएको र चिनी घोलेको देखेको एक हप्ता पनि भाको छैन । भन्नैपर्छ, एनआरएनको यो सम्मेलन सम्पन्नताको शक्तीले प्रवासी नेपाली समुदायमा अर्को ‘पलांसको फुल’ फक्रिएको छ र एनआरएनले बाटो पक्रिएको छ । संस्था र सभापति सदैव सर्वेसर्वा हुन्छन । अध्यक्ष डा. पौडेलसंग २०५१ सालदेखिको चिनजान र उहांको राजनैतीक चेलाको हिसाबले यति भन्दैगर्दा डा. पौडेलले फलानोलाई ‘यति दिए’ भन्ला, यो समाजले । ‘यती त के सुनकै हात्ती’ दिए पनि सत्य कहिल्यै डग्दैन, एक चोटी डा. पौडेल सफल भएका छन । डालासको नेपाली समुदायले आफ्नै स्वामित्वमा मन्दिर बनायो । ‘नैतीक शिक्षा पढाउनका लागि शिक्षकको आवश्यकता’ भनेर एनएसटीका आदरणीय सभापती कृष्ण लामीछानेको स्ट्याटस देखेको थिएं । भनाईको मतलब, नेपाली भाषा मात्र होईन, पुरा नेपाली बिद्धालाय चलाऊंछ, डालास । जुन कुराको पूर्ण थालनी भएको कैंयौं दिन भईसक्यो, लस एन्न्जलसमा । डालास पछी सामुदायिक नमुनाको अन्तिम खाका कोर्दैछ, लस एन्जलस ।
यसो त संस्थाहरु बलियो भए न हो, समाज बलियो हुने । एनआरएनको यो बल सुन्दर घरको बगैंचामा फुलेका पलांसका फुलहरु हुन । लालुपाते, सयपत्री, मखमली भएर अब नेपाली जनसम्पर्क समिती, प्रवासी नेपाली मन्च, राष्ट्रवादी मन्च, फोरम मन्च र कोरम पुग्ने सबै संस्थाहरु पलासझैं फुलेको एनआरएन जस्तै हुनुपर्दछ । जन्मभुमीलाई आपत पर्दा हिजो सबै लागे, सबै संस्था जागे । हिजो एक्ला एक्लै जागे, ब्यक्तित्वको लडाईं थियो । अब एनआरएनले सबै संस्थासंग हातेमालो गर्नुपर्दछ । उसको उद्गम थलोको पहिचान पहिल्याउनुपर्दछ । सहयोगीहरुको आत्मबललाई टेवा दिनुपर्दछ । फुलेको पलासका बिरुवाहरु बढाउने हो, एकचोटी फुलेपछी एक जग पानी नै नदिए पाप लाग्छ ।
नेपालमा एनआरएन अमेरिकाले गरेको सहयोग ‘एनआरएन सहयोग’ बनेर कसैका प्रोफाइल तस्विर रंगिन नबनुन । त्यो सहयोग ‘अमेरिकी नेपाली सहयोग’ बनोस । अनी तस्विरहरु संगिन हुनेछन । पांचौं साधारण सभा भब्यताका साथ सफल पारेको एनआरएनलाई बधाई, डालासलाई सलाम । अस्तु !
जय नेपाल ।
gokulvivas@gmail.com

SHARE