न्यूयोर्कबाट प्रकाशित हुने ‘बिश्व सन्देश’ साप्ताहिकमा गत हप्ता प्रकाशित

गोकुल ढकाल
लस एन्जलस, अमेरिका ।

दिमागमा जे जे घुम्छ, त्यही बन्दो रहेछ मानसिकता । एनआरएन अमेरिकाको गत हप्ता सम्पन्न पांचौं सम्मेलन नै चलिरहेको छ, मानसपटलमा । एनआरएन अमेरिकाको सफलीभुत सम्मेलनले यतिखेर एनआरनेहरुका नाक फुलेर मोटाका छन । संयोजन समिती र सिंगो डलास त्यो नाके धमासको असली भागेदार हो । सलाम डालास । पांचौं सम्मेलनको जस-अपजस लिनेका हिसाब आफ्ना ठाउंमा होलान, तर केन्द्रिय समिती, संयोजन समिती र डालसप्रती सिंगो नेपाली समाज नतमतस्क छ ।

बिगतको चुनावमा धेरै उठे, जित्न पर्ने संख्याकाले मात्र जिते । तर तिनका नारा, बोलेका कुराका चुरो, तिनले भाकेका भाकलहरु के कति पुरा भए, तिनका हिसाब भने सदस्यहरुले अबश्य खोज्लान, कसका दुध कसका पानी अबको चुनाबी जालीले छनिएला । खैर, एनआरएनमा सबै तहका ब्यक्तिहरुसंग जम्काभेट भयो । त्यहां आफुले मन पराएर चुनाव हारेका पनि थिए, मन नपराएर चुनाव जितेका पनि थिए । आफुले भोट दिएर जितेका त हुने नै भए, जित्नेहारुले सम्मेलन कहांको छाड्छन् र किनकी बहुसंख्यकलाई आगामी चुनावमा लड्ने र ‘समाजसेवा’ गर्ने चाह जाग्दछ ।

धेरैले उम्मेद्वारी घोषणा गर्ने अंकलन गरिएको डालासको सम्मेलनमा कसैको रुद्रिघन्टीले उठ्ने आवाज बोलेन । मन्च पाएनन भनुम भने, नेपाल अमेरिका पत्रकार संघले आयोजना गरेको नेजा-एनआरएन अन्तर्कृया कार्यक्रममा प्रायश: सबै उपस्थित थिए, जो भोली उठ्ने आकांक्षीका रुपका गणित थिए । तर सबै पणित (पन्डित) भए, स्वाहा भने, उम्मेद्वारीको मन्त्र पढेनन ।

औपचारिक तवरले कसैका मुख नबाए पनि धेरैका जिब्राहरु भने चले । होटेलले सित्तैमा बांडेको भनिएको कफी पिउंदा होस् या पैसा तिर्नैपर्ने दारे बारमा होस्, जिब्राहरु धेरैका सल्बलाए । अझ सम्मेलनको उद्घाटन सत्र चलिरहंदा भात खाने ठुलो हलका कुनामा केही टेबलमा कोहीहरु साउती मार्दै थिए । काउकुती लागेपछी हांसो आउंछ, साउती मारेपछी पासो आउंछ ।

तर एउटा कुरा सुनेपछी हांसो आउंछ, त्यो के भने :
मैले भने : नमस्कार हजुर
उहांले जवाफ दिनुभयो : नमस्कार फलानो ।
म : सन्चै ? चुनाव आयो त ! यो सम्मेलन त चुनावी प्रचारको बाहना त होला !
उहां : हे हे । फलानो पनि । कुरो त त्यही त हो नि । तर लौ न, क्यारुम म ? सदस्य जितें । च्याप्टर अध्यक्ष भएं ।
अरु उहांहरु : फलानो पदमा यसो गरें, संस्थामा मा आएर यस्तो क्रान्ती भयो .
म ; त्यही त, के मा लड्ने त, हजुर .
उहांहरु : यसपाली उपाध्यक्षमा लड्ने बिचार गरेको छु, फलानोजी मैले त ।
म : ल यहाँंलाई शुभकामना ।
उहांहरु : मिलाएर उ गरेर यसो उ गर्नुपर्‍यो है, फलानो ?
म : ह्या, भईहाल्छ नि, हजुर हाम्रै मान्छे ।
उहांहरु : ल म ढुक्क भए है त । हस, जय नेपाल, अभिवादन, जय एनआरएन ।
म : हजुर बरिष्ठ हस्त नमस्ते ।

यस्तो भयो यसपाली, डालसमा । सित्तैको कफी पिउंदा वा स:शुल्क प्याला तान्दा ।
खानियां भेटे पनि उपाध्यक्ष लड्छु भन्छन, बांनिया भेटे पनि उपाध्यक्ष लड्छु म त भन्छन । च्याप्टर अध्यक्ष जेदु भेटे पनि उपाध्यक्ष लड्छु भन्छ, च्याप्टर सदस्य यदु भेटे पनि उपाध्यक्ष लड्छु भन्छन । सविना भेटे पनि उपाध्यक्ष भन्छिन, रबिना भेटे पनि उपाध्यक्ष लड्छु भन्छिन । तलदेखी माथी उपाध्यक्ष भन्छन, हिजो चिनेका साथी उपाध्यक्ष भन्छन । जो भेट्यो उनीहरु, हजुर म त अब उपाध्यक्ष लड्ने हो भन्छन ।

त्यसो त उठ्ने चाहनेहरुलाई सर्वाधिक महंगो र सुन्ने कानेहरुलाई सर्वाधिक सुनियो, यो उपाध्यक्ष पद, एनआएएनको । संस्थामा त अध्यक्ष पो त प्यारो पद । हुन त डा. पौडेलजस्तो हप्तैपिच्छे कहिले क्यालिफोर्निया, कहिले न्यूयोर्क कुदनुपर्‍यो । अध्यक्ष चाहीं पा’को हो क्या बर्तमान कार्यसमितिले । खैर, त्यसो त डा. पौडेलजस्तो कुद्न पनि नपर्ने (सबैमा यो लागु हुंदैन है, रिसानी लेखानी माफानाम भवन्तु), ब्यस्तताले अध्यक्ष नपुगेको ठाउंको कार्यक्रमको सभापती पनि हुन पाईने । प्रचार मिडिया संयोजकले हेर्ने, समाचार-बक्तब्य महासचिवले हेर्ने, सकेको बरिश्ठ उपाध्यक्षले हेर्ने, नसकेको सचिवले हेर्ने । यो उपाध्यक्ष पद त केही गर्नु नपर्ने ।

वरियातमा (पदमा भनिने हिसाबले) तेस्रो होईने, मन नपरेको बिरोध गर्दा म पनि ‘उपाध्यक्ष हुँं, मुले’ भन्न पाईने, काम होईन कम गरे’नी वरियतामा परिरहिने । स्वबियू चुनावमा पाखुरा दर्हो भएकालाई उपाध्यक्ष राखिने चलन थियो, अझै बिद्धार्थी संगठनका क्याम्पसे ईकाई समितिमा, बिशेषगरी राजधानीमा । अमेरिकामा त पाखुरा दर्हो हुनु पनि नपर्ने । ‘मिलाएर समुह’ मा परे भयो ।

यो माथीको सत्य कथाको मतलब, यसपाली पदिय आकांक्षाका जो भेटियो, यो दुवा तिर्कीलाई कखरे भनेर-ठानेर होला, दुला परेका दुई ठुला मेरा कानहरुले ‘हजुर, म त अब उही त हो नि, उपाध्यक्षमै ठोक्ने हो’ भनेको असी प्रतिशत सुने । यो उपाध्यक्ष पद यति सस्तो भयो नि, एनआरएनको ! राजनिती आ-आफ्ना वादमा होलान, संस्थामा काम गर्ने मान्छेले जित्नुपर्दछ । उपाध्यक्ष पदको ‘चार्म’ नगण्य भएर होला, सुर्य लम्साल जस्ता बिद्धानले पहिले यही पदमा हारेका । त्यहां हारेर पनि संगठनप्रतिको उहांको लगावले सदस्य लडेर जित्नुभयो । तमासा अब यहाँं छ, काम गर्ने लम्सालजस्ता मान्छेले उपाध्यक्ष फेरी लडे भने हर्न सक्छन, किनकी करेलाहरु धेरै पो निस्किए त बजारमा, बिक्नका लागि । तिते करेला ओखती नै भए पनि एक डालो त कस्ले किन्छ र ?

घोषणाको क्रमलाई हेर्ने हो भने एनआरएन अमेरिकाको बजारमा कम्तीमा १६ जना उपाध्यक्षका उम्मेद्वार देखिने छांट छ । तीन जान्न छान्नु पर्नेमा आपत हामीलाई । फेरी दिएको भोट पनि विश्वाश गर्छन् र ? मोबाईलमा श्रीमतीको तीजको फोटोले भरिएको जिबीमा तिनलाई देखाउन भोट हालेको प्रमाणका लागि फोटो खांदी-खांदी राख्नुपर्ने बाध्यता छ ।

जे सुनियो, देख्नमा आयो, त्यही भनेको मात्र हो । १६ जना त के, १६० जना उठ्नुभए पनि तपाईं हामी सबै प्रवासी । यहाँंहरु सबैलाई शुभकामना । भन्दैगर्नुस्, हजुर म त अब उपाध्यक्ष । मिलाएर भोट हालुम्ला ।
जय एनआरएन ।

SHARE