उपेन्द्र सापकोटा
अमेरिका, २४ जनवरी / गत आइतबार क्यालिफोर्निया राज्यको दक्षिण भागमा बस्ने नेपाली समुदायले राज्यका स्टेट ट्रेजरर जोन चियांगको साथमा अन्तरक्रिया कार्यक्रम गरेकाछन । यस भागमा नेपाली समुदायले उच्च सरकारी अधिकारीका साथ गरेको यो प्रथम भेटघाट हो । Displaying John Chiang Program 2.pngविश्व अर्थतन्त्रको छैटौँ स्थान ओगटेको क्यालिफोर्निया राज्यका स्टेट ट्रेजररले नेपाली समुदाय, आर्टेसिया सहरका मेयर अलि साजिद ताज, आर्टेसिया सहरका काउन्सिल मेम्बर भिक्टर मनालो, सहरका अधिकारी र कर्मचारी तथा अन्य नेपाली संघसंस्थाले आयोजना गरेको कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गरेका थिए ।Displaying John Chiang Program 3.png
“स्टेट ट्रेजरर चियांगको साथमा गरिएको कार्यक्रम नेपाली समुदायले पहिले गरिने कार्यक्रम भन्दा धेरैनै प्रभावकारी रहेको थियो ।“,जन सम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरका सदस्य हरिराम पन्त बताउछन ।
यस क्षेत्रमा नेपाली समुदायको जनसङ्ख्या बढे सँगै उच्चस्तरीय नेताहरूको ध्यान नेपाली समुदायतर्फ बढ्न थालेको छ । यो कार्यक्रम नेपाली समुदायको आवाज सुनिने र आफ्ना आवाज सुनाउने एक थलोको रूपमा समेत रहेको थियो ।Displaying John Chiang Program 1.png
कार्य्रक्रममा सम्बोधन गर्दै स्टेट ट्रेजरर चियांगले आफ्ना माता पिताले पचासको दशकमा एउटा नयाँ आप्रबासीको रूपमा सङ्घर्ष गर्दै आफ्ना बच्चाहरू सफल बनाउने सोचाईगरेको स्मरण गर्दै “हामी सबैले सपना देख्ने र कडा परिश्रम गर्ने हो भने सफलता प्राप्त गर्न सकिन्छ ।‘ उनी अगाडी थप्छन् “यदि तपाईहरु साना व्यवसाय सुरुवात गर्दै हुनुहुन्छ भने म अथवा मेरा सहायकलाई भेट्नुस उनीहरूले निश्चितरुपमा तपाईँलाई सहयोग गर्नेछन ।“
“अमेरिकामा नेपाली समुदायको इतिहास धेरै लामो नभएता पनि छोटो समयमा नै क्रियाशील तथा गतिशील रूपमा अगाडी बढेको छ ।“ नेपाली समुदायको बारेमा छोटो परिचय दिँदै क्यालिफोर्निया स्टेट युनिभर्सिटी, लंग बिचका डीन डा. जित जोशीले जानकारी दिए ।Displaying John Chiang Program.png
अवैतनिक बाणिज्यदुत ऋषि ढकालले साउदर्न क्यालिफोर्नियामा नेपाली समुदायको आर्थिक क्षेत्रमा पुरयाएको योगदानको बारेमा चर्चा गरे । आर्टेसिया सहरका प्लानिंग कमिश्नर तथा श्री पशुपतिनाथ फाउनडेशनका अध्यक्ष भक्त थापाले यस क्षेत्रमा यस्तो प्रकारको कार्यक्रम गर्नको लागि सहयोगी र स्पोन्सरहरुलाई धन्यवाद प्रदान गरे ।
साउदर्न क्यालिफोर्निया क्षेत्रका लागि नेपाल पर्यटन बोर्डका पर्यटनदुत रामेश्वर भण्डारीले नेपाली समुदाय ड्राईभिंग लाइसेन्स दिने किताब र परीक्षा नेपाली भाषामा दिन पाउने मान्यता कुरामा धेरै चासो दिएर बसेको जानकारी दिए । नेपाली समुदायले स्टेट ट्रेजररसंग यस्तो प्रकारको कार्यक्रम गर्न पाउनु गौरवको विषय भएको पर्यटनदुत भण्डारीले जानकारी दिए ।
वासिङ्टन र मेरिल्याण्ड राज्यमा नेपाली भाषामा ड्राईभिंग लाइसेन्स दिने व्यवस्था भइसकेको अवस्थामा क्यालिफोर्नियामा मात्र नभएर अमेरिकाका बाँकी राज्यमा रहेका नेपाली समुदाय र संघसंस्थाले मिलेर यसको व्यवस्था गर्न पहल गर्दै यस्ता कार्यक्रम मार्फत अमेरिकामा सामाजिकीकरण गर्न जरुरी देखिएको छ ।

SHARE