२०८१ वैशाख ८ गते | 20th of April 2024

चलचित्र विकास बोर्डको अध्यक्षमा उद्धव पौडेलकी छोरी निकिता पौडेल नियुक्त

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २५ गते १७:३१

 

काठमाडौं, २० मंसिर । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ । निकिता चलचित्र निर्माता तथा गोपीकृष्ण हलका सञ्चालक उद्धव पौडेलकी छोरी हुन ।
यस अघि कांग्रेसको कोटाबाट अध्यक्ष बनेका राजकुमार राईको कार्यकाल सकिएपछि विकास बोर्ड नेतृत्व बिहिन थियो । यही मौकामा राप्रपा नेता पौडेलले कमल थापाले निकितालाई बोर्डको अध्यक्ष बनाउन मन्त्रिपरिषदमा निर्णय गराएका हुन ।
मकवानपुरबाट चुनाव हारेपछि ५ वर्षलाई आराम पाएका उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापालाई जाँदाजाँदै कार्यकर्ताका लागि फाइदा पुग्ने काम गर्नु थियो र विश्वासका पात्र पौडेलकी छोरीलाई बोर्डमा नियुक्त गर्न सफल भए ।
सोमबार बसेको मन्त्री परिषदको बैठकमा थापाकै प्रस्तावमा निकिता बोर्ड अध्यक्ष नियुक्त भएको सरकारका एक मन्त्रीले जानकारी दिए । जुन निर्णयलाई सरकारका प्रवक्ताले सार्वजनिक नगरी लुकाएका थिए ।
तर वाम गठबन्धनले बहुमत पाइसकेर सरकार बनाउन बाँकी रहेका बेला यसअघिदेखि विवादरहित निकिता कति दिन बोर्ड प्रमुख बन्ने हु ? त्यो भने वाम सरकार बनेको केही दिन र उसका सुरुवाती निर्णय कुर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *