अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जारी कार्यकारी
आदेशहरूको विषयलाई लिएर केही नेपाली मिडियाहरूले संप्रेषण गरेका
कुराहरूमा नेपाल अमेरिका पत्रकार संघ, नेजाको ध्यानाकर्षण भएको छ ।
अमेरिकामा ग़ैरक़ानूनी रूपमा बसिरहेका, शरणार्थीको रूपमा आउन चाहनेहरूलाई
र केही मुस्लिम देशहरूको हकमा जारी कार्यकारी आदेशको सम्बन्धमा गलत आशयका
समाचारहरु नेपाली सञ्चार माध्यमहरूले प्रस्तुत गरिरहँदा जनमानसमा भय र
त्रासको वातावरण उत्पन्न भएको जानकारी गराउन चाहन्छौँ । यसघडीमा
अमेरिकामा रहेका प्रवासी नेपालीहरूको हकमा यो विषय  बढी संवेदनशील रहेको
पनि यहाँहरूसवैलाई थाहा भएकै हुनुपर्छ ।

समाजको एनाको रूपमा रहेको
मिडियाको भूमिकापर्ति जनगुनासो बढ्दै गैरहेको परिप्रेक्ष्यमा सबै मिडिया
र पत्रकारसाथीहरूलाई सत्य एवं तथ्यपरक हिसाबले पत्रकारिता गरिदिनकोलागी
नेजा हार्दिक अनुरोध गर्दछ । गलत समाचारले समाजमा नकारात्मक असर पर्ने त
छदैछ त्यसले मिडियाको विश्वसनीयतामाथी पनि प्रश्नचिन्ह खडा गरिदिन्छ, अत:
पत्रकारिताको क्रममा यसका आधारभूत मुल्यमान्यताहरूलाई हृदयंगम गर्दै
सामाजिक उत्तरदायित्वको भूमिकालाई समेत ख्याल गरी जिम्मेवार वनिदिनुहुन
मिडिया र मिडियाकर्मिहरूमा हाम्रो अनुरोध छ । साथै सामाजिक सञ्जालहरूका
प्रयोगकर्काहरूलाई पनि यो विषयमा गम्भीर बनी बिश्लेश्नात्मक हिसाबले
समाचारलाई लिईदिनुहुने अपेक्षा राखेका छौँ ।

भोला आचार्य
अध्यक्ष, नेपाल अमेरिका पत्रकार संघ, नेजा
६ फेब्रुवरी २०१७

SHARE