नेजाका आदरणीय सदस्य साथीहरु, सर्वप्रथम विश्व प्रेस स्वतन्त्रता दिवसका
अवसरमा विश्वभर रहनुभएका सम्पूर्ण पत्रकारहरूमाझ शुभकामना वॉड्न चाहन्छौ
। पेशागत जिम्मेवारी बहन गर्ने क्रममा स्वदेश तथा विदेशमा अनाहकमा ज्यान
गुमाउनु भएका सहकर्मीहरूप्रति श्रद्धासुमन प्रकट गर्दै प्रेस
स्वतन्त्रताको विश्वव्यापी मान्यताप्रति ऐक्यवद्धता जाहेर गर्दछौं ।
आदरणीय साथीहरु, नेजाको आगामी मे महिनाको ६ र ७ का दिन हुन गइरहेको ११ औं
वार्षिक साधारण सभाको बारे तपाईंहरु सबै जानकार रहेको विश्वास व्यक्त
गर्न चाहन्छौं । वासिंगटन डिसीमा हुन गैरह्को ११ औं साधारण सभाका बारे यस
अघि पनि हाम्रो आधिकारिक फेसबुक पेज,इमेल र अन्य माध्यममार्फत सू(सुचित
गरेको जानकारी गराउन चाहन्छौं ्र यस पटक पुनस् औपचारिक रुपमा हामी तपाईं
सबै सदस्यहरुलाई यसै इमेल मार्फत नेजाको आसन्न एघारौं वार्षिक साधारण
सभाका लागि हार्दिक आमन्त्रण गर्दछौं । उक्त साधारण सभालाई लक्षित गरि
नयॉ सदस्यता तथा नविकरण खुला गरिएको जानकारी गराउदै विद्यमान मापदण्ड
पुरा गरी संस्थाको वेवसाईटमार्फत वा साधारण सभास्थलमै सदस्यता फारमभरी
नयॉ सदस्यता तथा नविकरण गरी कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ ।
आसन्न साधारण सभा संस्थाको आन्तरिक विषयमा छलफल गर्ने र भावी कार्ययोजना
तय गर्ने मूख्य थलो हो । साथै वार्षिक संगठनिक गतिविधिका बारे सदस्य
साथीहरुका बीच छलफल गरेर नयाँ योजना अघि सार्ने थलो पनि साधारण सभा नै हो
। यो साधारण सभामा मुख्य एजेण्डाको रुपमा विधान संसोधनको विषयले
प्राथमिकता पाउने छ भने नेजा सदस्यता विस्तार, संगठन विस्तार, वर्तमान
तथा भविष्यका योजनाहरुबारेमा पनि विस्तृत छलफल हुने छ । यसका साथै
स्थानीय आयोजक समितिले कार्यक्रलाई थप आकर्षक, मनोरंजनात्मक र
उपलव्धिमूलक बनाउन भरमग्दूर प्रयास गर्नेछ ।
यस बाहेक प्रवासमा वसेर पत्रकारितामार्फत समाजमा योगदान दिइरहेका
सन्चारकर्मी एवं नेजाका पारिवारिक सदस्यहरूको योगदानको कदर गर्ने बारे
पनि हामी प्रयासरत छौं । हामी सबै सदस्य साथीहरुबाट आसन्न साधारण सभालाई
विशेष बनाउन आयोजकका तर्फबाट हामीले के कस्ता कार्यक्रम गर्न सक्छौं
भन्ने बारेमा आ आफ्नो सल्लाह एवं सुझाव एप्रिल मसान्त भित्र यसै
इमेलमार्फत प्रेषित गरिदिनुहुन समेत अनुरोध गर्दछौं । सवै मित्रहरुलाई मे
६ तारिख शनिवार विहानसम्म कार्यक्रमस्थलमा आइपुग्नुहुन समेत आग्रह गरिन्छ
। साथै हवाई टिकट समयमै लिनका लागि हार्दिक आह्वान गरिन्छ । मूल आयोजक
तयारी समितिले साथीहरुको वसोवासका लागि सम्पूर्ण तयारी गरिसकेको जानकारी
पनि यहॉहरूमाझ गराउन चाहन्छौं ।

कार्यक्रम: एघारौं वार्षिक साधारण सभा :
मिति: मे ६ र ७, २०१७, शनिबार र आइतबार
स्थान: Best Western Battlefield inn 10820 Balls Ford Rd Manassas, VA 20109
Nearest Airport: IAD, Dulles International Airport, DC
सम्पर्क व्यक्तिहरु गुणराज लुईटेल , संयोजक, एघारौं वार्षिक साधारण सभा
तयारी समिति (703) 720-0360
गिरिश पोखरेल, संस्थापक अध्यक्ष तथा सल्लाहकार ( (202) 468-6910
भोला आचार्य, अध्यक्ष (202) 468-6910
तोया दाहाल, महासचिव (408) 830-6196

नेजाकाअरुअधिवेशनहरुमा जस्तै तपाई सवै साथीहरुसंग प्रत्यक्ष भेटघाट
हुनेमा हामी विश्वस्त छौं । हामी तपाईंहरु सबैलाई डिसीमा स्वागत गर्न
प्रतीक्षारत छौं ।

सहयोग हस्तान्तरण :

पत्रकार कर्ण वोहोराकी श्रीमती ममता वोहोराको सहयोगका लागि नेपाल अमेरिका
पत्रकार संघको पहलमा संकलित रकम नेपाल पत्रकार महासंघ मार्फत हस्तान्तरण
गर्ने प्रक्रियामा छ । सहयोगका लागि संकलित रकम २३३० (तेइस सय तीस) डलर
नेजा मार्फत नेपाल पत्रकार महासंघको खातामा  जम्मा भइसकेको छ । यो सहयोग
संकलनमा सक्रिय  अभिमा उप्रेती, अनुज थापा लगायत संपुर्ण सहयोगी र
दाताहरुलाई नेजा धन्यवाद दिन चाहन्छ ।

तोया दाहाल
महासचिव, नेजा

SHARE