टेक्सस , पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अमेरिका आउने भएका छन् । प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेशनका लागि प्रमुख अतिथीका रुपमा ओली अमेरिका आउन लागेका हुन् । सन् २०१३ मा स्थापना भएको प्रवासी नेपाली मञ्च एमाले निकट प्रवासीहरुको संस्था हो ।

आउादो मार्च ३१ देखि अप्रिल २ सम्म मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा हुने मञ्चको अधिवेशनका लागि ओली अमेरिका आउन लागेका हुन् । ‘ओली अहिलेका समकालिन नेपाली नेताहरुमध्य सबैभन्दा हटकेक हुनुहुन्छ, उहााका आवाज सुन्न हामी प्रवासी नेपालीहरु लालयीत छौा,’ मञ्चका अध्यक्ष सञ्जय थापाले भने ।

दोस्रो अधिवेशनका बारेमा जानकारी दिन आइतबार ड्यालसमा आयोजित पत्रकार सम्मेलनमा थापाले पूर्बमन्त्री युवराज कार्की लगायतका नेताहरु नेपालबाट आउने तय भैसकेको उल्लेख गर्नुभयो । अरु धेरै नेपाली नेताहरु आउने संभावना रहेको आयोजकहरुले बताएका छन् ।

तीनदिनसम्म चल्ने अधिवेशनको पहिलो दिन उद्घाटन, दोस्रो दिन बन्दशत्र र तेस्रो दिन नेतृत्व चयनका कार्यक्रमहरु राखिएका छन् ।

प्रवासी नेपाली मञ्च नेपालको राजनीतिक दल नेकपा एमाले निकटहरुको संस्था हो । यो संस्थाका पदाधिकारीहरुले आफूहरुसाग कुनै राजनीतिक दलको ह्याङओभर नरहेको दावी अध्यक्ष थापाले गर्नुभयो ।

‘हामी कुनै दलको भातृसंस्था होइनौा, तर नेपालमा रहादा त्यसमा आस्था राख्नेहरुको संगठन भने हौा,’ एमालेको नामै नलिई थापाले भने । पत्रकार सम्मेलनमा प्रवासी नेपाली मञ्च दोस्रो अधिवेशन तयारी समितिका प्रचार प्रसार संयोजक कमल ओझाले अमेरिकाका ५० राज्यहरुमध्य २२ राज्यहरुमा प्रवासी नेपाली मञ्चका सदस्यहरु रहेको उल्लेख गरे । मञ्चका १५ राज्य समिति, चार क्षेत्रीय समिति रहेका छन् । अधिवेशन तयारीका लागि १३ वटा विभाग गठन गर्नुका साथै एकसय एक सदस्यीय तयारी उपसमिति गठन भएको छ ।

मञ्चको दोस्रो अधिवेशनले नयाा नेतृत्व समेत चयन गर्ने भएको छ । मञ्च तीन वर्ष अघि स्थापना भएको हो । मञ्चको नेतृत्वको लागि अहिलेदेखिनै रस्साकस्सी सुरु भएको छ । ‘मैले आफूाचाही नदोहोर्‍याउने निर्णय गरिसकेको छु,’ थापाले भने–‘साथीहरुलाई तयार रहन मैले भनिसकेको छु ।’

एनआरएनको आगामी अधिवेशनको बारेमा समेत मञ्चले धारणा सार्वजनिक गरेको छ । एनआरएनलाई राजनैतिक प्रभाव पार्ने संस्था भन्दा पनि सबै विचारधारा भएका नेपालीहरुको साझा संस्थाको रुपमा लैजानुपर्ने थापाले उल्लेख गर्नुभयो । ‘नेपालीको ठूलो संख्या अहिलेपनि एनआरएनबाट बाहिर छन्, सबैलाई समेट्न सक्नुपर्छ,’ थापाले भने ।

मञ्चले जथाभावी सदस्य बनाउने भन्दा पनि आफ्नो चाहना अनुसार १५ डलर तिरेर साधारण सदस्य वा एकसय ५० डलर तिरेर आजीवन सदस्य बन्न आफूसाग आवद्ध नेपालीहरुलाई अपिल गरेको छ ।

मञ्चले नेपालका भुकम्प पीडितलाई राहत वितरण, छात्रवृत्ति दिनेदेखि लिएर अमेरिका आएकाहरुलाई अपार्टमेन्ट, रोजगारी, बिमा लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा प्रवासी मञ्चका नेताहरु प्रितिसागर खत्री, टेकराज पौडेल, शंकर पन्त, टेक गुरुङ लगायतको उपस्थिती थियो । त्यस्तै गोपाल काडेल, विजयराज भट्टराई, यमुना भट्टराई, देबी पाण्डे, भीम कार्की, गोकर्ण दाहाल, जनक राना, नन्द रेग्मी लगायतको पनि सहभागिता थियो ।

Source : WhiteHimal

 

SHARE