पोखरा, माघ २७ ।
पृथ्वीनाराण क्याम्पसमा एमाले निकट विद्यार्थी विच झडप हुदाँ ८ जना घाइते भएका छन् । केपि ओली र माधव नेपाल पक्षका गरि ८ जना घाइते भएका हुन् ।
घाइतेहरुको पोखराको मणिपाल अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ । घाईते हुनेहरुमा केपि ओली पक्षका अमृत सुबेदी, शेखर पौडेल, अनुप लामिछाने र सुमन रहेका छन् ।
त्यसै गरि माधव नेपाल पक्षका विनय राना, दिनेश ढुङगाना, विमल पौडेल, बज्रराज अधिकारी रहका छन् । बुधबार विद्यार्थी विच भएको अपमान जनक भनाभलानको छलफलका लागि बिहान पृथ्वीनारायण क्याम्पसमा छलफल थियो एक विद्यार्थी नेताले भने छलफल कै क्रममा हानाहान भएको उनले बताए ।

SHARE