पोखरा, फागुन ४ ।
नेपाल पत्रकार महासघं गोरखाको पाँचौँ अधिवेशन तथा आठौँ साधारण सभाबाट अध्यक्षमा किशोरजङ्ग थापा सर्वसम्मत चयन भएका छन् । संस्थापक अध्यक्ष समेत रहेका थापा लामो समयदेखि गोरखाको पत्रकारितामा क्रियाशील छन् । मङ्गलबार राति अबेर सकिएको अधिवेशनले उपाध्यक्षमा दीपक श्रेष्ठ र महिला उपाध्यक्षमा अनुपमा खनाल चयन भएकी छिन् । यस्तै, सचिवमा नरहरि सापकोटा, सहसचिव खुल्लातर्फ गुणराज रोका र समावेशीतर्फबाट रेणु श्रेष्ठ र कोषाध्यक्षमा हरिराम उप्रेती चयन भए । सदस्यहरुमा सन्तोष अधिकारी, करिष्मा केसी, विकास मरहट्ठा, बिमल श्रेष्ठ, चाँदनी श्रेष्ठ, दानबहादुर गुरुङ र उद्धव कुमाल छन् ।
केन्द्रीय पार्षदमा निवर्तमान अध्यक्ष भीमलाल श्रेष्ठ, सुदीप कैनी, आत्माराम श्रेष्ठ र राजेन्द्र न्यौपाने, प्रदेश पार्षदमा प्रशन्न पोखरेल, अञ्जनबाबु खत्री, सङ्गम तिवारी र सुरेन्द्र देवकोटा सर्वसम्मत चयन भएका निवर्तमान अध्यक्ष भीमलाल श्रेष्ठले जानकारी दिए । सोही अवसरमा पत्रकारद्वय नरहरि सापकोटा र किरणकुमार लोहनीलाई तुलसी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । उनीहरुलाई जनही पाँच हजार रुपैयाँका दरले पुरस्कृत गरिएको हो ।

SHARE