पोखरा, फागुन ४ ।
नेपाल पत्रकार महासंघ पर्वतको ५ औँ अधिवेशनले सर्वसम्मतीबाट नयाँ नेतृत्व चयन गरेको छ । मंगलबार भएको अधिबेशनले छविलाल तिवारीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रनिश गिरी र रञ्जना खत्री चयन भएका छन् भने सचिवमा गणेश गिरी, कोषाध्यक्षमा राजवावु पिसी, सहसचिवहरुमा राजु पौडेल र ईन्दु तिवारी चयन भएका छन् ।
सदस्यहरुमा साजन परियार, उत्तम अधिकारी, विशन क्षेत्री, देवराज पुरी, सुवास लामिछाने, सार्जन पौडेल, कृष्ण अखेली, डिलवहादुर विक, किशोर सापकोटा र महेन्द्रवहादुर जिसी छन् । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव प्रभात चलाउनेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । यसअघि वन्द सत्रमा अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिबेदन सर्वसम्मतिले पास गरेको थियो ।

SHARE