पोखरा, फागुन ४ ।
नेपाल पत्रकार महासंघ गुल्मी शाखाको पाँचौँ अधिवेशनले नवराज भुसाललाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको छ । पन्ध्र सदस्यीय समितिको उपाध्यक्षमा अनिल खत्री, सीता भण्डारी, सचिवमा टोपलाल अर्याल, सहसचिवमा घनश्याम खरेल, नारायण मरासिनी र कोषाध्यक्षमा तेजेन्द्रकुमार श्रेष्ठ छन् । त्यस्तै, सदस्यहरुमा रेशम कुँवर, राजेन्द्र पन्थी, रामकृष्ण कँडेल, धनकुमारी नेपाली, कौरव खत्री, छवि पाण्डे र दधिराम खनाल रहेका छन् । महासङ्घको केन्द्रीय सभासद्मा घनश्याम गौतम, हरिकुमार श्रेष्ठ, जनार्दन घिमिरे, कमल पौडेल, गगनशिला खड्का, हरि पोखरेल र प्रेम सुनार चयन भए ।
प्रादेशिक पार्सदमा ज्ञानबहादुर महतरा, तिलक महत, हेमलाल भण्डारी, सञ्जीवनी अर्याल, अर्जुन भण्डारी, ताराप्रसाद भुसाल, मदन पौडेल र गणेश सारु निर्विरोध चयन भएका केन्द्रिय प्रतिनिधी सुरज आचार्यले बताए । प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरबीच सहकार्य भएपछि नेतृत्वसहित सबै पद निर्विरोध चयन गरिएको हो ।

SHARE